गोरखामा निषेधाज्ञा एक साता लम्बिएको छ । यस अघि असार १२ गते शनिवार सम्मलाई लागु गरिएको निषेधाज्ञा असार १९ गते सम्म थप गरिएको हो ।
दैनिक उपभोग्य खाद्यान्न, फलफुल, दुध माछा मासु लगायत अत्यावश्यक पसलहरु बिहान ५ देखि ११ बजे सम्म खुल्नेछन् भने यस अघि बन्द रहेका स्टेशनरी, फेन्सी, फर्निचर, मोवाईल, इलेक्ट्रोनिक्स, सुनचाँदी, लगायतका पसल बिहान १० देखि दिउँसो २ बजे सम्म खुल्न पाउनेछन् ।
जिल्ला प्रशासन, मालपोत, र नापी कार्यालय बाहेकका सरकारी कार्यालयले न्यूनतम कर्मचारी खटाई सुरक्षित भएर सेवा प्रवाह गर्नेछन् । शुक्रवार बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निजी र सार्वजनीक यातायातका साधन भने संचालन गर्न नपाईने निर्णय गरेको छ ।
बैठकले उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्शलाई आफ्ना ब्यापारी ब्यवशायीलाई पसल खोल्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउन अनुरोध गर्ने निर्णय गरेको छ । पालना गरे नगरेको अनुगमन पनि हुने डिसिसिएमसीले निर्णय गरेको छ ।
गोरखामा गत बैशाख २२ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो ।साभारः दरौँदी दैनिक पत्रिका