भीमसेन थापा गाउँपालिकाको बजेट ६२ करोड ५२ लाख

भीमसेन थापा गाउँपालिकाको बजेट ६२ करोड ५२ लाख

 

भीमसेन थापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६२ करोड ५२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । उपाध्यक्ष बिनु वाग्लेले बिहिवार आठौँ गाउँसभामा उक्त बजेट प्रस्ताब गरेकी हुन् ।
गाउँपालिका अध्यक्ष इश्वर पाण्डेको अध्यक्षतामा भएको गाउँसभामा अध्यक्ष पाण्डेले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
गाउँपालिकाले चालु वर्षको अल्या १२ करोड सहित संघिय, प्रदेश सरकारको अनुदान बिभिन्न अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी ४७ लाख ३० हजार सहित बजेट प्रस्तुत गरेको उपाध्यक्ष वाग्लेले बताईन् ।
कोरोना नियन्त्रण रोकथाम र उपचार, पूर्वाधार बिकास, रोजगारीको सिर्जना, स्वास्थ्य र शिक्षाको स्तरवृद्धिका योजना प्राथमिकतामा परेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *