नेविसंघका स्वयंसेवकद्वारा सिम्जुङका बालबालिकालाई पठनपाठन

नेविसंघका स्वयंसेवकद्वारा सिम्जुङका बालबालिकालाई पठनपाठन

 

प्रजातान्त्रिक विद्यार्थीहरुको साझा संस्था नेपाल विद्यार्थी संघले अजीरकोट ४ सिम्जुङका बालबालिकाहरुलाई पढाउन सुरु गरेको छ । कोरोना महामारीका कारण विद्यालयमा भौतिक उपस्थिति नभएको अवसर पारेर नेविसंघले विभिन्न १० समूह बनाएर पढाउन सुरु गरेको हो ।

नेपाल दलित विद्यार्थी संघका सहसचिव रायन बस्यालको संयोजकत्वमा परिचालित स्वयंसेवी टिमले बालबालिकालाई पाँच सिफ्टमा पढाउन सुरु गरेको नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले जानकारी दिए ।

कोरोनाका कारण कलेज बन्द भएपछि काठमाडौँबाट घर फर्केका नेविसंघका स्वयंसेवकहरुले बालबालिकालाई पढाउन सुरु गरेका हुन् ।

स्वास्थ्य मापदण्डमा उल्लेख भएअनुसारको भौतिक दुरी कायम गरी मास्क, सेनिटाइजरको व्यवस्था सहित पठनपाठन गरिएको उनले बताए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *