बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

लायन्स क्लव अफ नेपाल हाईलाईटको समन्वयमा आइशोलेसन बेड, पिपिई सेट, थर्मोमिटर, फेस सिल्ड, अक्सिमिटर लगायतका सामग्री स्वास्थ्य चौकीमा उपलब्ध भएको स्वास्थ्य चौकी प्रमुख चण्डिका भट्टले बताए ।

देबिका पाण्डेको पहलमा उक्त सामग्री स्वास्थ्य चौकी सम्म आईपुगेको हो । कार्यक्रममा चिरञ्जिवी खकुरेल, बिनोद सडउला, दिननाथ अम्गाई, बुद्धी बुर्लाकोटी लगायतको उपस्थिती थियो । वडा अध्यक्ष एवं स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा समितिका सदस्य प्रितम श्रेष्ठले दाताहरुलाई धन्यवाद दिएका थिए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *