गोरखा ।
डिभिजन वन कार्यालय गोरखाले हाइटेक नर्सरीमा उत्पादन भएको बिरुवा निशुल्क वितरण सुरु गरेको छ ।
गोरखा नगरपालिका वडा नम्बर १३ को राजेदवी सामुदायिक बनमा हाईटेक नर्सरीमा उत्पादन भएको बिरुवा सोमवारबाट वितरण सुरु गरेको डिभिजन वन कार्यालयले जनाएको छ । नर्सरीमा एक लाख ३० हजार बर्षे र १० हजार बहुबर्षिय विरुवा वितरणका लागि तयार भएका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिनुभयो ।
नर्सरीमा काठजन्य, जडिबुटिजन्य, सौन्दर्यबद्र्धक र घाँसजन्य बिरुवाका बेर्ना तयार भएको उहाँको भनाई छ । काठजन्य अन्तरगत चाँप, खयर, सिसौ, सिमल , जडिबुटिजन्य अन्तरगत टिमुर, तेजपात, हर्रो, बर्रो र अमला, सौन्दर्यबद्र्धक अन्तरगत अशोक, कल्की, धुपी, अशोक, गुलमोहर र डाले घाँसजन्य राईखनियो, टाँकी, किम्बु, बडहर लगायतका बेर्ना तयार भएका डिभिजन वन कार्यालयले जनाएको छ ।
नर्सरीमा उत्पादन भएका बेर्ना आबश्यक पर्नेले डिभिजन वन कार्यालयमा निवेदन दिन सक्नेछन् ।
धेरै बिरुवा माग गर्ने ब्यबसायीक किसानले जग्गाको लालपूर्जाको फोटोकपी पनि पेश गर्नुपर्ने र थोरै बिरुवा माग गर्नेलाई निवेदनका आधारमा नै निशुल्क बिरुवा उपलब्ध गराईने सहायक वन अधिकृत बल्छौडीले बताउनुभयो ।
जिल्लाबासीलाई निशुल्क बिरुवा बितरण गर्न डिभिजन बन कार्यालय गोरखाले जर्मन प्रबिधिको हाईटेक नर्सरी तयार गरेको हो । यस नर्सरीमा आबश्यक तापक्रमको सन्तुलन मिलाईने भएकाले बिउ उमार्न र सिञ्चाई गर्न सजिलो हुने उहाँको भनाई छ ।
वृक्षरोपणका लागि जिल्लाबाहिरबाट बिरुवा आयात गर्नु नपरोस् भन्ने उद्देश्यले आफ्नै नर्सरी तयार गरेको सहायक वन अधिकृत बल्छौडीको भनाई छ । अब अन्य जिल्लाबाट बिरुवा खरिद गरेर ल्याउनुपर्ने बाध्यता कम हुने उहाँको विश्वास छ ।
निशुल्क विरुवा वितरण गरी खेर गएको जमिन हराभरा बनाउने, किसानलाई चाहिने डाले घाँसको आपूर्ती गर्ने, जडिवुटी खेती बिस्तारमा सघाउने योजना रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।साभारः च्वाईस एफ एम