गोरखाको चारवटा गाउँपालिकालाई असल छिमेकी नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

गोरखाको चारवटा गाउँपालिकालाई असल छिमेकी नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

 

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका, भिमसेन थापा गाउँपालिका, शहीदलखन गाउँपालिका र गण्डकी गाउँपालिका गरि चार ओटा गाउँपालिकालाई आइसोलेशन सेन्टर व्यवस्थापनमा सहयोग पु¥याउन स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

कोरोना संक्रमण न्यूनिकरण, रोकथाम र उपचारका लागि असल छिमेकी नेपाल, पोखराले स्थानीय तह मार्फत सामग्री सहयोग गरेको संस्थाकी सञ्चार अधिकृत पुजा भण्डारीले बताईन ।
जस अन्र्तगत प्रत्येक गाउँपालिकालाई सर्जिकल मास्क ५० थान, पाँच थान ग्लोबस, २५ लिटर सेनिटाइजर, आठ वटा पिपिइ सेट, २० थान फेस सिल्ड, तीन थान पल्स अक्सिमिटर, दुई थान बिपी सेट, पाँच थान डिजिटल थर्माेमिटर, हातधुने साबन बितरण गरिएको थियो ।

केही अत्यावश्यक औषधिहरु पारासिटामोल, भिटामिन सि तथा जिङ ट्याबलेटहरु रहेका छन् । सबै गाउँपालिकाहरुमा स्वास्थ्य सामग्रीहरुको हस्तान्तरण स्थानिय सरकारका प्रमुख एवं स्वास्थ्य शाखाको रोहवरमा गरिएको असल छिमेकी नेपालले जनाएको छ ।
असल छिमेकी नेपाल पोखराले कास्की र नवलपरासीका बिभिन्न स्थानीय तहमा पनि स्वास्थ्य सामग्री बितरण गरेको छ ।

भुकम्पपछिको पुन निर्माण र पुर्नलाभमा स्वास्थ्य, शिक्षा, जिविकोपार्जनको क्षेत्रमा पनि असल छिमेकीले गोरखामा काम गर्दै आएको छ ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *