औषधी मजदुरले नै पाएनन् कोरोनाविरुद्धको खोप

औषधी मजदुरले नै पाएनन् कोरोनाविरुद्धको खोप

 

निषेधाज्ञाका बेला कोरोनाको जोखिम मलेर पनि निरन्तर सञ्चालनमा रहेको गोरखाको औषधी उद्योगका मजदुर तथा कर्मचारी कोरोनाविरुद्धको खोपबाट बञ्चित भएका छन् ।

स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारी तथा मजदुरलाई पनि खोप लगाउने भन्ने प्रावधानभित्र आफूहरु पनि पर्नुपर्नेमा नपारिएको बरु खोप फिर्ता पठाइएको भन्दै गोरखा आयुर्वेद कम्पनीका कर्मचारी तथा मजदुरले गुनासो गरेका छन् ।
‘हामीले तीन महिनाअघि देखि कोरोनाविरुद्धको खोप माग गरिरहेका थियौँ’, कम्पनीका गोरखा कार्यालय प्रमुख अर्जुन अर्यालले भने, ‘तर सुनुवाई भएन बरु खोप फिर्ता गरियो । हामीले निषेधाज्ञाका बेला पनि उद्योग बन्द गरेनौँ ।

औषधी उत्पादनको काम निरन्तर गरिरह्यौँ । तर खोपबाट बञ्चित गरियो र फिर्ता गरियो । यसमा हामीलाई धेरै दुख लागेको छ ।’ कम्पनीमा ३४ जना मजदुर तथा कर्मचारी कार्यरत रहेको उनले बताए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *