अबिरल बर्सातपछिको बूढीगण्डकीको बाढीले यारु बगरको बस्ती जोखिममा परेको छ ।
यारुको रेस्टुरेन्ट, टिहाउसहरु रहेको तल्लो टोला १५ वटा घर टहरा उच्च जोखिममा रहेको धार्चे गाउँपालिका १ का वडाअध्यक्ष दिलिप गुरुङले जानकारी दिए । त्यहाँका बासिन्दा दिउसो त्यहीँ बस्ने र राती माथिल्लो टोलको घरहरुमा सुत्ने गरेका अध्यक्ष गुरुङले जानकारी दिए ।
त्यस्तै स्याउली भट्टीको १६ वटा टहराबाट पनि मान्छे बिस्थापित भएका छन् । बाढीले निरन्तर हानेर जमिन धराप बनाएपछि त्यहाँका बासिन्दाहरु अन्यत्र सरेर बसेका गुरुङले जानकारी दिए ।
‘ठूलो ढुंगाको दुईवटा घरमध्य राजकुमार ढकालको घर बगायो । कान्छा घलेको घर जोखिममा छ । व्याङ्लाकुनाको धनप्रसाद घलेको घर पनि लग्यो’, वडाअध्यक्ष गुरुङ भन्छन्, ‘हुल्चुकमा कान्छा गुरुङको घर पहिरिएको छ । बुप्चेतका चन्द्रबहादुर र अर्का छिमेकीको दुई घर जोखिममा छन् ।’
गण्डकीेले पहाडको फेदबाट जग खोतल्दै आएकाल समस्या बनाएको उनले बताए । तातोपानीबाट दोभान जाने बाटो क्षतिग्रस्त बनाएको छ ।
तातोपानीको पुल तरेर पारि जान नसक्ने भएपछि गाउँलेहरु नेपाली सेनाले बिस्फोट गरेर खोल्दै गरेको बाटो हुदै दोभान निस्कने गरेको धार्चे गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष दिलिप गुरुङले जानकारी दिए ।साभारः दरौँदी दैनिक पत्रिका