हरमटारी महादेवबारी टोलमा बहुउद्देश्यीय भवन सिलान्यास

हरमटारी महादेवबारी टोलमा बहुउद्देश्यीय भवन सिलान्यास

 

गोरखा नगरपालिका ६ हरमटारीको महादेवबारी टोलमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय भवनको सोमबार सिलान्यास गरिएको छ ।

महादेवबारी टोल विकास संस्थाको अगुवाइमा निर्माण हुन लागेको भवनको गोरखा नगरपालिकाकी उपमेयर विनाकुमारी श्रेष्ठले सिलान्यास गरेकी हुन् ।
भवन निर्माणका लागि स्थानीयबासी आ–आफैले पनि रकम संकलन गरेका छन् भने गोरखा नगरपालिकाले पनि आउँदो आर्थिक बर्षमा आर्थिक सहायता गर्ने उपमेयर श्रेष्ठले प्रतिवद्धता व्यक्त गरिन् ।
टोल विकास संस्थाका अध्यक्ष खडानन्द रेग्मीको अध्यक्षतामा सम्पन्न सिलान्यास कार्यक्रममा प्रमुख अतिथि उपमेयर श्रेष्ठ, वडा नं. ६ का वडाअध्यक्ष नारायणप्रसाद अर्याल, गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष तथा गोरखा योग समन्वय समितिका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, महासचिव लालप्रसाद श्रेष्ठ, जग्गादाता लालप्रसाद भट्टराई, सदर हरमटारी टोल विकास संस्थाका अध्यक्ष नीलप्रसाद खनाल, कालीमाटी टोल विकास संस्थाका अध्यक्ष ऋषिराम देवकोटा, प्याव्सन गोरखाका अध्यक्ष सीताराम तिवारी, महादेवबारी टोल विकास संस्थाका सचिव ठाकुर लामिटानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *