सल्लेरीका बिस्थापित घरधुरीलाई ३० र प्रभावितलाई १५ हजार बितरण

सल्लेरीका बिस्थापित घरधुरीलाई ३० र प्रभावितलाई १५ हजार बितरण

 

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीका बाढीबाट घर बगाएका बिस्थापित छ परिवारलाई प्रतिघरधुरी ३० हजार र प्रभावितलाई १५ हजार बितरण गरिएको छ ।

जिल्ला बिपद् ब्यवस्थापन समितिले आज हेलिकप्टरमा उक्त ठाउँ पुगेर प्रभावितलाई नगद बितरण गरेको प्रशासन कार्यालयका लेखापाल तुल्सीराम खनालले बताए ।२० घरधुरीलाई १५ हजार र ६ घरधुरीलाई ३० हजार रुपैयाँका दरले बितरण गरिएको उनले बताए ।
अहिले तत्कालका लागि नदीमा पानीको सतह घटेकाले जोखिम कम रहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

‘पानी बढेपछि जोखिम बढ्छ, अहिले तत्कालका लागि समस्या छैन’ उनले भने ‘खाद्यान्न पनि हामीले केही समयलाई पुग्ने पु¥याएका छौँ ।’ घर बिहिन भएकालाई थप राहतका लागि प्रदेश र संघिय सरकार सँग पहल गर्ने उनले बताए ।

त्यहाँ लगिएको खाद्यान्न प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठ, वडा अध्यक्ष रामकुमार गुरुङ सहितको रोहवरमा बितरण गर्न भनिएको प्रजिअ भट्टराईले बताए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *