छेकम्पारको छुलेबस्ती उच्च जोखिममा

छेकम्पारको छुलेबस्ती उच्च जोखिममा

 

बर्षेनी पहिराले कटान गर्ने गरेको चुमनुब्री गाउँपालिका ७ छुले बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेको छ । बर्षेनी स्यार(बूढीगण्डकी)खोलाले ठूलो बस्ती र छुले खोलाले सानो टोलमा क्षति पु¥याउने गरेको वडाअध्यक्ष पासाङ फुञ्जो लामाले जानकारी दिए ।

दुई टोलमा गरी छुलेमा करिब ४५ घरधुरी छन् । ‘यसबर्ष पनि छुलेको दुईवटा टोल जोड्ने फड्के बगाएको छ’, उनले भने, ‘पोहोर पनि बगाएर पुननिर्माण गरेको हो । यसबर्ष फेरि बगाएको छ ।

छुलेबाट निले जाने बाटो पनि लग्यो ।’ पुल लगेपछि याक, चौरी, घोँडाहरु डोरीले बाँधेर खोलामा धकेल्ने र पारिबाट तानेर निकाल्ने गर्नुपरेको उनले बताए ।

‘मान्छेचाहिँ एउटा मुढा तेस्र्याएर जबर्जस्ती तरिरहेका छन्’, उनले भने, ‘छुले र नीले बीचको गोमेगुम्बाको आँगन पनि स्यार खोलाको पहिरोले लगेको छ । छुलेको तीनवटा घरको छेउबाट धेरै पहिरो गएको छ ।’

म्हुगुम्बा तलको छुना पुल पनि पहिरो लगेको छ । चिपु गुम्बाको भान्सा घर पनि लगेको उनले बताए । बुर्जीगाउँको छिरिङ घ्युर्मेको घर पनि पहिरोले तानेको उनले बताए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *