कोभिडका कारण समस्यामा परेका काठमाण्डौँ बस्ने चुमनुब्रीबासीलाई राहत बितरण

कोभिडका कारण समस्यामा परेका काठमाण्डौँ बस्ने चुमनुब्रीबासीलाई राहत बितरण

 

कोरोनाका कारण रोजगारी गुमाएका र अध्ययनका शिलशिलामा काठमाण्डौँ बस्दै आएका गोरखाको चुमनुब्री गाउँपालिकाबासीलाई राहत बितरण गरिएको छ ।

गोरखाको आरुघाट गाउँपालिका आरुपोखरी घर भएका नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम खत्रीले एक सय १० जनालाई शनिवार राहत बितरण गरेका हुन् ।
‘जिल्लाबासी दाजुभाई दिदिबहिनी समस्यामा पर्नुभएको थाहा भएपछि मैले ब्यक्तिगत रुपमा खाद्यान्न राहत स्वरुप बितरण गरेका हुँ’ खत्रीले भने ।

दुर्गम ठाउँबाट शहरमा आएर नोकरी गर्न बसेका र अध्ययनका लागि बसेकालाई लामो समय कोरोनाको कारण बन्द हुँदा समस्या परेकाले सहयोग गरिएको उनले बताए ।
नेपाली कांग्रेस चुमनुब्री गाउँपालिका सम्पर्क समिति काठमाण्डौँका अध्यक्ष नबिन गुरुङ र गोरखा जिल्ला समन्वय समिति सदस्य छेवाङ ग्याल्जेन लामाको समन्वयमा राहत बितरण गरिएको कार्यक्रममा समन्वयकर्ता उत्तम अधिकारीले जानकारी दिए ।
एक सय १० बोरा चामल, तेल, साबुन लगायत गरी करिब तीन लाख रुपैयाँ बराबरको सहयोग गरिएको उनले बताए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *