चुमनुब्रीको जगत लघुजलविद्युतमा बाढीको क्षति, ३ वस्ती विद्युत र सञ्चारसम्पर्कबिहिन

चुमनुब्रीको जगत लघुजलविद्युतमा बाढीको क्षति, ३ वस्ती विद्युत र सञ्चारसम्पर्कबिहिन

गोरखा
चुमनुब्री गाऊँपालिका वडा नम्वर ३ जगतको लघुजलविद्युत आयोजनामा बाढीले क्षति पु-याएको छ ।
शुक्रवार राति बाढीले आयोजनाको टर्वाइनमा क्षति पु-याएपछि जगतको पूरै वस्ती अन्धकारमा परेको छ ।
सो आयोजनाको विद्युत जगतका ३२ घरधुरी, सल्लेरीका २६ र भालुबनका १५ घरधुरीले प्रयोग गर्दै आएका थिए । विद्युत अवरुद्ध भएपछि मोबाइल चार्ज गर्न नपाउँदा सो क्षेत्र सञ्चार सम्पर्कविहिन भएको छ ।
कादूरी नेपालको सहयोगमा बनेको ३८ किलोवाट क्षमताको आयोजना मर्मतका लागि सोही संस्थालाई आग्रह गरिएको जगतका बासिन्दा एवम् चुमनुब्री मिलन समाजका अध्यक्ष वीरबल घलेले बताउनुभयो ।
यारुवगर र तातोपानीमा बाटो बन्द भएकाले आयोजना मर्मतका लागि सामग्री ढुवानीमा पनि समस्या परेको उहाँको भनाई छ । नजिकै रहेको भालुखोला लघुजलविद्युत आयोजनाको विद्युत जगत, सल्लेरी र भालुवनमा वितरण गर्नका लागि पहल भैरहेको उहाँको भनाई छ ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *