मर्स्याङ्दी नदिमा जुनसुकै बेला बाढी आउने सम्भावना, सचेत रहन गोरखा प्रशासनको आग्रह

मर्स्याङ्दी नदिमा जुनसुकै बेला बाढी आउने सम्भावना, सचेत रहन गोरखा प्रशासनको आग्रह

गोरखा

मस्र्याङ्दीमा जुनसुकै बेला बाढी आउन सक्ने भएकाले सचेत रहन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।
मनाङको ङिस्याङ गाऊँपालिकाको हुम्दे भन्ने स्थानमा मस्र्याङ्दी नदि थुनिएको र हाल खोलिँदै गएकाले बाढी आउन सक्ने खतरा रहेको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै मस्र्याङ्दी नदिको माथिल्लो क्षेत्रमा भारी वर्षाको कारण ढुंगा, माटो र रुख सहितको पहिरोले नदि थुनिने, ताल बन्ने र खोलिने क्रम आगामी केही दिनसम्म जारी रहने सम्भावना रहेको सूचना प्राप्त भएको प्रशासकीय अधिकृत हर्क रोकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रशासनले मस्र्याङ्दीको नदि तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सचेत रहन सूचित गरेको छ ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *