गोरखामा जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ । जिल्ला कोरोना ब्यवस्थापन केन्द्र डिसिएमसीको आज बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो ।
बैठकले जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या उल्लेख्य रुपमा नघटेको र संक्रमण विस्तारको जोखिम कायमै रहेकाले एक साताका लागि निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो ।
चौंथो पटक थपिएको निषेधाज्ञाको अवधी भोली ५ गते राति १२ वजेबाट सकिँदैछ । आजको बैठकको निणर्य अनुसार अब असार १२ गतेसम्म निषेधाज्ञा रहनेछ । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको अध्यक्षतामा भएको बैठकमा जिल्लाका जनप्रतिनिधी, सुरक्षा निकाय समेतको सहभागितामा थियो ।साभारः च्वाईस एफ एम