खोप, राहत तथा उद्धारमा अपाङ्गता भएको व्यक्तिलाई प्राथमिकता दिन माग

खोप, राहत तथा उद्धारमा अपाङ्गता भएको व्यक्तिलाई प्राथमिकता दिन माग

खोप, राहत तथा उद्धारमा अपाङ्गता भएको व्यक्तिलाई प्राथमिकता दिन माग गरिएको छ । एकिकरण नेपाल गोरखा, गोरखा नेत्रहिन संघ,अपाङ्ग महिला संघ लगायत जिल्लामा अपाङ्गताको क्षेत्रमा कार्यरत संस्थाहरु उक्त विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

कोभिड र बाढी पहिरोको प्रत्यक्ष मारमा अपाङ्गता भएका व्यक्तिहरु परेकाले जेष्ठ नागरिकसंगै साहरा नभएको तथा जोखिममा रहेको अपाङ्गता भएको व्यक्तिहरुलाई पनि प्राथमिकता राखि खोपको व्यवस्था गर्न भनिएको छ । वर्षात सुरु भएसँगै वाढि र पहिरोले धेरै धनजनको क्षति हुन थालेकाले यसबाट धेरै क्षाति हुन सक्ने भएकाले अपाङ्गता भएको व्यक्तिहरुको सुरक्षित वासवस्थान व्यवस्थापन, उद्धार तथा राहतमा विशेष पहल गरि दिन प्रजिअलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले संघिय सरकारको योजना अनुसार खोप वितरण भइरहेको बताउँदै अपाङ्गता भएका ब्यक्तिहरुको सबालमा आफु संवेदनशिल रहेको बताए । कार्यक्रममा एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटा, गोरखा नेत्रहिन संघको सचिव पशुराम भट्ट, अपाङ्ग महिला संघको अध्यक्ष गिता श्रेष्ठ, एकिकरण नेपाल गोरखाको कार्यक्रम अधिकृत रमा सिंखडा, रत्ना गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *