लापुको कोरोना व्यवस्थापनमा माहिली एशोसिएशनको अभियान

लापुको कोरोना व्यवस्थापनमा माहिली एशोसिएशनको अभियान

 

माहिली एशोसिएशनले धार्चे गाउँपालिका ७ लापुमा कोरोना रोकथाम तथा न्यूनिकरणका लागि अभियान सञ्चालन गरेको छ । एशोसिएशनको समन्वयमा स्वास्थ्यकर्मी तथा स्वयंसेवकको टोलीले पाँच दिन घरदैलो अभियान सञ्चालन गरेका थिए ।

अभियानका टोलीहरुले घरघरमा गएर कोरोनाबाट बच्ने उपायका बिषयमा सचेतना गराएका र स्वास्थ्य सामग्री वितरण गरेका एशोसिएशनका गणेश गुरुङले जानकारी दिए ।

‘संस्थाको समन्वयमा हेल्थपोष्टका स्वास्थ्यकर्मीहरु पाँच दिनसम्म लापुको सबै टोलमा पुगेर जनचेतना जगाउने काम सम्पन्न भयो’, गुरुङले भने, ‘सो क्रममा परिबारका प्रत्येक सदस्यलाई एकेकवटा कटन मास्क जुन धुन मिल्ने र वातावरण मैत्री किसिमकाे रहेकाे छ, त्यस्तै प्रत्येक घरकाे लागी एउटा साबुन वितरण गरियो । मास्क लगाउन तथा हात धुने तरिका सिकाइयो ।’ साबुनपानीले हात धुदाँ काेराेना मात्र नभइ झाडापखाला तथा अन्य सरुवा राेगहरुबाट जाेगीनकाे लागी उक्त साबुन वितरण गरीएकाे गुरुङले जनाए ।

साथै स्वास्थ्य टोलीले भिटामिन डी, जिङ्क चक्की, क्याल्सियम लगायतका औषधी वितरण गरेका थिए । औषधीको व्यवस्था र स्वास्थ्यकर्मीलाई सो अवधिको पारिश्रमिक एशोसिएशनले उपलब्ध गराएको उनले बताए ।

अभियानले कोरोना मात्र नभै यसपछि आइपर्ने सिजनल फ्लु, झाडापखला लगायतका स्वास्थ्य समस्याबाट बच्न सघाउने विश्वास लिइएको गुरुङले बताए ।

अभियानमा दुईलाख ९१ हजार रुपैयाँ खर्च भएको छ । यसअघिको पहिलो चरणको अभियानमा ३५ हजार रुपैयाँ खर्च भइसकेको थियो ।

एशोसिएशनले यसअघि पनि लापुको विद्यालय भवन निर्माण, स्वास्थ्यचौकी भवन निर्माण तथा खानेपानी आयोजना निर्माण लगायतका क्षेत्रमा काम गरिसकेको छ । सो अभियानका लागी एशोसिएशनको तर्फबाट रु. एकलाख तेत्तीस हजार खर्च भएको छ भने, अन्य खर्च लापु घरभई हाल वैदेशिक रोजगारीको क्रममा अमेरिका, फ्रान्स, मलेशीया, कोरीया, युके, कतार र नेपालकै विभिन्न शहरमा रहेकाहरुबाट संकलन भएको एशोसिएशनका गुरुङले जानकारी दिए ।साभारःदरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *