बूढीगण्डकीले धार्चेको यारुबगरका २ घर बगायो, ७ घर उच्च जोखिममा

बूढीगण्डकीले धार्चेको यारुबगरका २ घर बगायो, ७ घर उच्च जोखिममा

असार ३, गोरखा ।

बूढीगण्डकी नदिले धार्चे गाऊँपालिका वडा नम्वर १ यारुवगरका २ घर बगेको छ ।

गोपाल घलेको १ तले २ कोठे कच्ची घर र राजकुमार ढकालको ब्लकले बनेको १ तलाको ४ कोठे घर र बाख्राको खोर बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताउनुभयो ।

खोरमा रहेका ६ वटा बाख्रा पनि बूढीगण्डकीले बगाएको उहाँले जानकारी दिनुभयो । गोपाल घलेको परिवारका ५ जना र ढकालको परिवारका ६ जनाले छिमेकीको घरमा आश्रय लिएका छन् ।

बूढीगण्डकी कटानका कारण त्यहाँका अरु ७ घर उच्च जोखिममा रहेको स्थानीय अञ्जना कार्कीले बताउनुभयो ।

देशबहादुर घले, सन्तोष घले, मन्द्री घले, कमल गुरुङ, काले गुरुङ र छरसिं गुरुङको घर जोखिममा परेको हो । यारुवगर र दोभानको विचमा पनि बूढीगण्डकीको कटानका कारण जोखिम बढेको कार्कीले जानकारी दिनुभयो ।

पहिरोका कारण यारुवगरबाट जगततर्फ जाने बाटो पनि अवरुद्ध भएको उहाँको भनाई छ ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *