गोरखाको कोरोना अपडेटः १०७ निको भए, ७ जना थपिए

गोरखाको कोरोना अपडेटः १०७ निको भए, ७ जना थपिए

गोरखा ।
गोरखामा आज एक सय ७ जना कोरोना संक्रमित निको भएका छन् । विभिन्न पालिकाका एक सय ७ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना जित्नेको संख्या २ हजार ९ सय ९३ पुगेको कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ७८.६० प्रतिशत रहेको उहाँको भनाई छ ।

कार्यालयका अनुसार आज जिल्लामा ७ जनामा कोरोना संक्रमित थपिएका छन् । ६२ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परिक्षणका क्रममा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज परिक्षण गरिएकामध्ये ११.२९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय गोरखाका महामारी फोकल पर्सन अर्यालले बताउनुभयो ।

एन्टिजेन परिक्षणका क्रममा धार्चे गाउँपालिकामा ३ महिला,अजिरकोट गाउँपालिकामा १ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको उहाँको भनाई छ । जिल्लामा हाल ७ सय ९३ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

गोरखामा गत चैतयता पिसिआर र एन्टिजेन विधिबाट १३ हजार ७ सय ६० जनाको कोरोना परिक्षण गरिएकोमा ३ हजार ८ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट जिल्लामा नै २३ जनाको मृत्यु भएको छ ।

जिल्लामा कोरोना पोजेटिभ दर २७.६७ प्रतिशत रहेको छ । मृत्युदर ०.६० प्रतिशत रहेको छ । गोरखा घर भई अन्य जिल्लामा रहेका एक सय ८जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २४ जनाको मृत्यु भएको छ भने ८४ जना निको भएका स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *