बालुवा–बारपाक सडक अस्थायी रुपमा मर्मतसम्भार, जीप चल्न सुरु

बालुवा–बारपाक सडक अस्थायी रुपमा मर्मतसम्भार, जीप चल्न सुरु

दरौँदीको बाढीले कटान गरेर बिगारेको बालुवा बारपाक सडक अस्थायी रुपमा निर्माण गरिएको छ । बुधबार दिनभर अस्थायी रुपमा निर्माण सम्पन्न गरी जीप चल्न सक्ने बनाइएको बारपाक सुलीकोट गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।
अस्थायी बाटोबाट अहिले जीप आउने जाने गरिरहेको उनले बताए । ‘हिजो दिनभर काम गरेर अस्थायी रुपमा गाडी चल्ने बनाइएको छ’, उनले भने, ‘अहिले जीप आउने जाने गरिरहेको छ ।’ दरौँदीमा फेरि बाढी आएमा फेरि लैजाने सम्भावना रहेको उनले बताए ।
दरौँदीको गत मंगलबार साँझको बाढीले झोलुङ्गे नेरको करिब ९० मिटर पक्क सडकखण्ड बगाएको थियो ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *