गोरखामा आज बाढीको सम्भावना छ, सचेत रहनुहोस्ः बाढी पुर्वानुमान महाशाखा

मर्स्याङ्दी नदिमा जुनसुकै बेला बाढी आउने सम्भावना, सचेत रहन गोरखा प्रशासनको आग्रह

गोरखा
गोरखा र आसपास भई बहने खोला तथा नदिमा आज बाढीको सम्भावना रहेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभाग बाढी पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बर्षाका कारण जिल्लाका नदि, खोला तथा अन्य स साना जलाधारमा पानीको वहाव उल्लेख्य बढ्ने र केहिमा आकस्मिक वहाव आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
महाशाखाका इन्जिनियर सन्जयकुमार शाहले च्वाईस एफ एमसँग कुराकानी गर्दै गोरखाको दरौंदी र बूढिगण्डकी नदि सहित अन्य स साना खोलामा पनि पानीको वहाव बढ्न सक्ने जोखिम रहेकाले उच्च उतर्कता अपनाउन आग्रह गर्नुभयो । नदी तथा खोलाका किनार आसपास नजान उहाँको सुझाव छ ।

मनसुन सक्रिय नै रहेकाले आजपनि देशको धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यसले गर्दा आज पनि ठूला तथा साना नदी, खोलामा बाढीको सम्भावना रहेको विज्ञले बताएका छन् । महाशाखाले गण्डकी प्रदेशमा आज मनाङ, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ र स्याङ्जामा पनि बाढीको जोखिम रहेको जनाएको छ ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *