विपद् कोषमा गण्डकी प्रदेश सरकारले हाल्यो ५ करोड

विपद् कोषमा गण्डकी प्रदेश सरकारले हाल्यो ५ करोड

पोखरा – गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद कोषमा ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ ।

प्रदेशका धेरै जसो जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले कोषमा ५ करोड रुपैयाँ राख्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री पोखरेल मनाङ जादै

मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुरयाएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली आज मनाङ जादै छन् ।
राहत सामग्रीसहित मुख्यमन्त्री मनाङ जान लागेका हुन् । मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपदमा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन निर्देशन समेत दिई सकेका छन् ।

बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका थिए ।

प्रदेश सरकारले प्रदेशका ९ जिल्लाका मनाङ र मुस्ताङ बाहेक जिल्लालाई १०÷१० लाख रुपैयाँ र मनाङ र मुस्ताङका लागि २÷२ लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ ।साभारः गोरखा समाचार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *