हेलिकोप्टर चार्टर गरेर चुमनुब्रीमा अक्सिजन सिलिण्डर

गोरखाको हिमालपारिको चुमनुब्री गाउँपालिकामा किमोलुङ फाउण्डेशनले हेलिकोप्टर चार्टर गरेर अक्सिजन सिलिण्डरलगेको छ ।

गोरखा
३ असार २०७८

गोरखाको हिमालपारिको चुमनुब्री गाउँपालिकामा एक सामाजिक संस्थाले हेलिकोप्टर चार्टर गरेर कोभिड १९ रोकथाम तथा नियन्त्रणका उपकरणहरु लगेको छ ।

किमोलुङ फाउण्डेशनले गाउँपालिकाभरिका स्वास्थ्य संस्थालाई प्रदान गर्ने गरी अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर, पिपिई, माक्स, सेनिटाइजर, ग्लोब्स सिम्रिक एयरको हेलिकोप्टर चार्टर गरी लगेको हो ।

 

प्रतिकुल मौसमका बाबजुद पनि चुमनुब्री ३ फिलिममा सो सामग्री पु¥याइएको फाउण्डेशनका प्रमुख वाङचुक राप्तेन लामाले जानकारी दिए । उनले सो सामग्री बिहिबार गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङलाई हस्तान्तरण गरेका छन् । गाउँपालिकाले सातवटा वडाका सबै स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री प्रदान गर्ने उनले बताए ।

सदरमुकामबाट ३० कोशदेखि ५२ कोशसम्म टाढा रहेका यी ठाउँहरुमा सडक सञ्जालको पहुँच नभएकाले स्वास्थ्य सामग्री तथा उपकरणहरु पुगेका थिएनन् । प्रतिकूल मौसमका बाबजुद पनि कोभिड १९ बाट बच्न मद्दत गर्ने सामग्री दुर्गम गाउँहरुमा ल्याएकोमा गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले किमोलुङ फाउण्डेशनलाई धन्यवाद दिएका छन् ।तस्वीर : वाङचुक राप्तेन लामा । साभारः दरौँदी दैनिक पत्रिका

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *