गोरखाको कोरोना अपडेट

गोरखाको कोरोना अपडेटः १०७ निको भए, ७ जना थपिए

गोरखा ।
गोरखामा आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक सय ९ जनाको कोरोना परिक्षणका क्रममा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट आज ९७ जनाको पिसिआर रिपोट प्राप्त भएकोमा १६ जनामा कोरोना संक्रमण देखिएको हो । १२ जनाको एन्टिजेन परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो । आज परिक्षण गरिएकामध्ये २१.१० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताउनुभयो ।
पिसिआर परिक्षणका क्रममा संक्रमण पुष्टि हुनेमा पालुङटार नगरपालिकाका ६ महिला र १० पुरुष छन् । गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणमा ५ जना, शहिद लखन गाउँपालिका र भिमेसन थापा गाउँपालिकाका गरिएको एन्टिजेन परिक्षणमा १/१ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हाल ८ सय ९२ जना कोरोनाका सक्रिय संक्रमित छन् । आज ८४ जना कोरोना संक्रमित निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

गोरखामा गत चैतयता पिसिआर र एन्टिजेन विधिबाट १३ हजार ६ सय ९८ जनाको कोरोना परिक्षण गरिएकोमा ३ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ हजार ८ सय ८८ जना निको भएका र २२ जनाको मृत्यु भएको छ ।

जिल्लामा कोरोना पोजेटिभ दर २७.७५ र निको हुने दर ७५.९८ प्रतिशत रहेको छ । मृत्युदर ०.५८ प्रतिशत रहेको छ ।

गोरखा घर भई अन्य जिल्लामा रहेका एक सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २३ जनाको मृत्यु भएको छ भने ८४ जना निको भएका स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।साभारःchoicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *