गोरखा –
माओबादी केन्द्रका साँसद चुढामणी खड्काले जिल्लाको २ स्थानिय तहको ३ ठाउँमा १२ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
साँसद खड्काले पालुङटार नगरपालिकाको २ स्थान र सिरानचोक गाउँपालिकालाई गरी उत्त रकम बरावरको सामाग्री वितरण गरेका हुन ।
स्वास्थ्य सामाग्रीहरु पालुङटार नगरपालिका २ र १० को स्वास्थ्य संस्थाका साथै वडा र सिरानचोक गाउँपालिका कार्यालयलाई उपलब्ध गराईएको उनका सहयोगी दुर्गा श्रेष्ठले जानकारी दिए ।
पालुङटारको दुवै वडामा वडाअध्यक्षको रोहबरमा सामाग्री हस्तान्तरण गरिएको थियो भने सिरानचोकमा भने पालिका अध्यक्ष राजु गुरुङलाई हस्तान्तरण गरिएको साँसद खड्काले बताए ।
साँसद खड्काले १ थान अक्सिजन कन्सनटेटर, ४०० थान एन्टिजेन किड, १०० थान पिपिई सेट, ८०० ली स्यानिटाईजर, ३५ हजार थान सर्किकल मास्क, ३०० थान फेस शिल्ड र सिटामोल तथा भिटामीन सि जस्ता औषधी समेत उपलब्ध गराईएको साँसद खड्काका सहयोगी श्रेष्ठले जानकारी दिए ।
सभार :गोरखा समाचार