धार्चे गाउँपालिकाद्वारा बिजुली नपुगेको घरमा सोलार र चुल्हो बितरण

धार्चे गाउँपालिकाद्वारा बिजुली नपुगेको घरमा सोलार र चुल्हो बितरण

गोरखाको धार्चे गाउँपालिकाले विद्युत नपुगेको घरहरुमा सोलार र सुधारिएको चुल्हो बितरण गरेको छ ।

गाउँपालिका भित्र केन्द्रिय प्रशारण लाईन नपुगेको वडा नम्बर ४ र ७ को ठाटी र क्यूलुमचेतका २३ घरधुरीलाई सोलार सँगै सुधारिएको चुल्हो बितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
बिजुली बत्ती नभएको ठाउँमा चुल्हो बितरण गरेपछि त्यहाँ जंगल फडानी कम हुन्छ’ अध्यक्ष गुरुङले भने ‘धुवाँबाट लाग्ने रोग पनि कम हुन्छ, प्रदुषण घट्छ ।’

सोलारले स्थानीयको दैनिक कामकाज सहज हुने उनले बताए ।गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले गाउँपालिकाको केन्द्र माछाखोलामा आयोजित एक कार्यक्रमका बिच सोमवार चुल्हो र सोलार बितरण गरेका हुन् ।सभार :दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *