मनास्लु जाने पर्यटकलाई लोभ्याउन नाम्रुङ झरनामा भ्यूटावर

nanug_waterfalls_gorkha

गण्डकी प्रदेश सरकारको सहयोगमा चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा भ्यूटावर तथा फनपार्क निर्माण गरिएको छ ।

मनास्लु आरोहण तथा लार्केपास ट्रेकिङमा जाने पर्यटकलाई आकर्षण गर्न स्थानीय थिराङखोला झरनाको छेउमा भ्यूटावर तथा फनपार्क बनाइएको वडाअध्यक्ष पेमाडुण्डुप लामाले जानकारी दिए ।

‘प्रदेश सरकारबाट प्राप्त बजेटबाट यहाँ खोलामा स्वीमिङ गर्ने ताल बनाइएको छ ।
त्यसकै छेउमा भ्यूटावर बनाइएको छ’, उनले भने, ‘साथै पर्यटकलाई आनन्दित बनाउन फनपार्क पनि निर्माण गरिएको छ ।’ सो स्थल पुग्न नाम्रुङबाट १५ मिनेट पैदल हिड्नुपर्ने उनले बताए ।

नाम्रुङ आएका पर्यटकको बसाइ लम्ब्याउनका लागि पर्यटकीय स्थलहरु बनाइएको उनले बताए ।
साथै प्रदेश सरकारको आर्थिक लगानीमा हिमचुली बेसक्याम्पसम्म जाने पदमार्ग निर्माण गरिएको छ । सोह्रसय मिटर लामो दुई मिटर चौडाइरहेको पदमार्ग निर्माण गरिएको वडाअध्यक्ष लामाले बताए ।
स्रोत : daraundi.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *