शहिद लखन र भिमसेनमा ५३ जना कोरोना संक्रमित थपिए

गोरखाको कोरोना अपडेटः १०७ निको भए, ७ जना थपिए

गोरखाको शहिद लखन र भिमसेन थापा गाउँपालिकामा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट प्राप्त पिसिआर रिपोट अनुसार शहिद लखनका ४९ जना र भिमसेन थापाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

शहिद लखन गाउँपालिकामा संक्रमण पुष्टि हुनेमा वडा नं ७ का ३६ जना, वडा नं ६ का ११ जना र वडा नखुलेका २ जना रहेका स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी नवराज खडकाले जानकारी दिनुभयो ।

भिमसेन थापा गाउँपालिकामा संक्रमण पुष्टि भएका ४ जनामध्ये वडा नं १ का २ जना र वडा नं ८ का २ जना रहेका उहाँको भनाई छ ।
स्रोत : choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *