मनकामना केबुलकारको टिकट ई–सेवाबाट

नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा बीच टिकट खरिद बिक्री सम्झौता भएको छ । कोभिड १९ को जोखिमलाई ध्यान दिँदै भक्तजनको स्वास्थ्य सुरक्षाका लागि टिकट खरिद गर्दा नगदरहित कारोबारलाईसमेत प्रोत्साहन गर्ने उद्देश्यले केबुलकारले यस्तो व्यवस्था गरेको हो ।

सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरूले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ । यो सेवाबाट टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्यूटरमा ई–टिकट प्राप्त हुन्छ र सोही ई–टिकट देखाई यात्रा गर्न सकिने भएको छ ।

हाल मनकामना केबुलकार कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ । केबुलकार सञ्चालन भएपछि भक्तजनहरूले यो सेवा प्रयोग गर्न सक्नेछन् । सरकारले धार्मिक मठमन्दिर खुल्ला गर्ने निर्णय गर्न साथ उच्च स्वास्थ्य सुरक्षाका साथ केबुलकार सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *