सार्क राष्ट्रमा सङ्क्रमण घट्दै, भारतमा सबैभन्दा धेरै भूटानमा कम

सार्क राष्ट्रमा सङ्क्रमण घट्दै, भारतमा सबैभन्दा धेरै भूटानमा कम

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रिहरूमा पछिल्लो समय कोरोना सङ्क्रमित हुनेको सङ्ख्यामा कमी आएको छ । कोरोनाको दोस्रो लहरबाट सबैभन्दा धेरै सङ्क्रमित फेला पर्ने राष्ट्रमा भारत रह्यो भने सबैभन्दा कम सङ्क्रमित फेला पर्ने राष्ट्र भूटान रहेको वल्र्डओमिटरको तथ्याङ्कमा उल्लेख छ ।

सार्क राष्ट्रमा कोभिड–१९ को अवस्था हेर्ने हो भने सबैभन्दा बढी निको हुने दर भारतमा देखिएको छ । भारतमा निको हुने दर ९५.९ प्रतिशत छ भने सबैभन्दा कम निको हुने दर अफगानिस्तानको ६६.१ प्रतिशत छ । त्यसैगरी सक्रिय सङ्क्रमित सबैभन्दा बढी अफगानिस्तानमा रहेको तथ्याङ्क छ । त्यहाँ ३९.९ प्रतिशत सक्रिय सङ्क्रमित छन् । त्यस्तै सबैभन्दा कम सक्रिय सङ्क्रमित ६ प्रतिशत बङ्गलादेशमा छन् भने पाकिस्तानमा ३.८ प्रतिशत रहेका छन् ।त्यसैगरी प्रतिशतको हिसाबले मृत्युदर ३.९ अफगानिस्तानमा छ । सबैभन्दा कम भुटानमा ०.१ प्रतिशत मृत्युदर छ भने नेपालमा १.४ प्रतिशत मृत्युदर छ ।

वर्ल्डओमिटरको मङ्गलबार बिहानसम्मको तथ्याङ्कअनुसार भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९९ लाख ७७ हजार ८६१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै तीन लाख ८९ हजार ३०२ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् भने दुई करोड ८९ लाख २६ हजार ३८ जना निको भएका छन् । साथै छ लाख ६२ हजार ५२१ जना सक्रिय सङ्क्रमित छन् ।

सार्क राष्ट्रमध्ये सबैभन्दा कम सङ्क्रमित हुने राष्ट्र भूटान रहेको वल्र्डओमिटरले जनाएकाे छ । यहाँ कुल सङ्क्रमितको सङ्ख्या १९ सय ३९ छ । साथै अहिलेसम्म सङ्क्रमणबाट जम्मा एक जनाको मृत्यु भएको छ भने १६ सय ८५ जना निको भएका छन् । भुटानमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५३ छ ।

त्यस्तै नेपालमा छ लाख २२ हजार ६४० सङ्क्रमित फेला परिसकेका छन् भने पाँच लाख ९९ हजार ९२८ जना निको भइसकेका छन् । साथै आठ हजार ७७२ जनाले सङ्क्रमणको कारण ज्यान गुमाएका छन् । त्यस्तै ५३ हजार ९४० जना सक्रिय सङ्क्रमित छन् ।

वर्ल्डओमिटरको तथ्याङ्कका अनुसार श्रीलङ्कामा दुई लाख ४१ हजार ८२० जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये दुई हजार ६३३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै दुई लाख १३ सय ८९ जना निको भएका छन् । साथै ३७ हजार ७९८ जना सक्रिया सङ्क्रमित छन् ।

यसैगरी अफगानिस्तानमा कुल दश लाख ५७ हजार ५५ जना सङ्क्रमित भएका छन् भने चार हजार २९३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै छ लाख पाँच हजार ७१ जना सङ्क्रमणमुक्त भएका छन् भने ३६ हजार ३९१ जना सक्रिय सङ्क्रमित छन् ।

बङ्गलादेशमा हालसम्म आठ लाख ५६ हजार ३०४ जनामा सङ्क्रमण पुष्टि भइसकेको वर्ल्डओमिटरले जनाएको छ । साथै १३ हजार ६२६ जनाले सङ्क्रमणकै कारण ज्यान गुमाएका छन् । सात लाख ८५ हजार ४८२ जना सङ्क्रमणमुक्त भएका छन् भने ५७ हजार १९६ जना सक्रिय सङ्क्रमित छन् ।

पाकिस्तानमा कुल नौ लाख ४९ हजार ८३८ जनामा सङ्क्रमण पुष्टि हुँदा २२ हजार ३४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै आठ लाख ९४ हजार ३५२ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमित सङ्ख्या ३३ हजार ४५२ छ ।

माल्दिभ्समा कुल सङ्क्रमितको सङ्ख्या सात लाख २१ हजार ४९ छ । त्यस्तै हालसम्म २०६ जनाले ज्यान गुमाएका छन् भने चार ७५९ जना सक्रिय सङ्क्रमित छन् । साथै छ लाख ७१ हजार ४८ जना निको भएको वल्र्डओमिटरद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *