गोरखाका लागि ४ अर्ब २० करोड बजेट(पालिकागत बजेट हेर्नुहोस्)

गोरखाका लागि ४ अर्ब २० करोड बजेट(पालिकागत बजेट हेर्नुहोस्)

संघिय सरकारले आगामी आर्थिक बर्षका लागि गोरखामा कुल ४ अर्ब २० करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमा समानिकरण अनुदान, शशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान समावेश छन् ।

२ वटा नगरपालिकाका लागि १ अर्ब ७ करोड ९९ लाख रुपैयाँ र ९ वटा गाउँपालिकाका लागि ३ अर्ब १२ करोड १३ लाख रुपैयाँ विनियोजन भएको छ । जिल्लाका ११ पालिकामध्ये संघिय सरकारबाट धेरै बजेट पाउनेमा गोरखा नगरपालिका छ । गोरखा नगरपालिकाका लागि ५६ करोड ९५ लाख रुपैयाँ विनियोजन भएको छ ।

पालुङटार नगरपालिकाका लागि ५१ करोड ४ लाख रुपैयाँ विनियोजन भएको छ । अजिरकोट गाउँपालिकाका लागि २९ करोड ४८ लाख रुपैयाँ, आरुघाट गाउँपालिकाका लागि ३७ करोड ६५ लाख रुपैयाँ, गण्डकी गाउँपालिकाका लागि ४० करोड ७२ लाख रुपैयाँ र चुमनुब्री गाउँपालिकाका लागि २० करोड १२ लाख रुपैयाँ विनियोजन भएको छ ।
धार्चे गाउँपालिकाका लागि २४ करोड १७ लाख रुपैयाँ, भिमसेन थापा गाउँपालिकाका लागि ३७ करोड ४२ लाख रुपैयाँ, शहिद लखन गाउँपालिकाका लागि ४० करोड ५३ लाख रुपैयाँ, सिरानचोक गाउँपालिकाका लागि ४२ करोड रुपैयाँ र बारपाक सुलिकोट गाउँपालिकाका लागि ४० करोड ३ लाख रुपैयाँ विनियोजन भएको छ ।
जिल्लाका ११ स्थानीय तहमध्ये विशेष अनुदान पाउनेमा गण्डकी गाउँपालिका मात्र छ । समपुरक अनुदान पाउनेमा बारपाक सुलिकोट, शहिद लखन, अजिरकोट, आरुघाट र गण्डकी गाउँपालिका मात्र रहेको बजेट पुस्तिकामा उल्लेख छ ।
स्रोत : choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *