गोरखामा आईतवार एकसय ९० जनाले दोस्रो डोज खोप लगाएका छन् ।
गोरखा नगरपालिका र शहीदलखन गाउँपालिकामा गरी ७२ जनाले भेरोसिल र एकसय १८ जनाले कोभिसिल खोप लगाएका हुन् ।
गोरखा नगरपालिकाको कवर्डहल खोप केन्द्रमा ९६ जनाले कोभिसिल र ३७ जनाले भेरोसिल खोप लगाएका थिए ।
शहीदलखन गाउँपालिकामा ३५ जनाले भेरोसिल र २२ जनाले कोभिसिल खोप लगाएको स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए । ‘गोरखा नगरपालिकामा सोमवार पनि खोप लगाईनेछ’, उनले भने, ‘आइतवार सोचे अनुसार खोप लगाउने मानिस आएनन्, उत्साह देखिएन ।’
कार्यालयले गोरखा नगरपालिकामा चारसय ५० जनालाई भेरोसिल र ८५ जनालाई कोभिसिल खोप लगाउने लक्ष्य लिएको थियो ।
शहीदलखन गाउँपालिकामा ४० जनालाई भेरोसिल र ३१ जनालाई कोभिसिल लगाउने लक्ष्य लिएको थियो । स्थानीय तहसँग लिइएको तथ्याङ्कअनुसार लक्ष्य निर्धारण गरिएको भएपनि मानिस खोप लगाउन कम आएका उनले बताए ।
गत फागुन १२ गते अघि पहिलो मात्रा खोप लगाएकालाई मात्र कार्यालयले यो पटक दोस्रो डोज खोप दिइएको छ ।
जेठ १७ गते सोमवार अजिरकोट र सिरानचोक गाउँपालिकाको लागि थालाजुङ स्वास्थ्य चौकीमा, पालुङटार नगरपालिकाको बर्थिङ सेन्टरमा खोप लगाईनेछ ।
स्वास्थ्य कार्यालयले जेठ १८ गतेसम्म दोस्रो डोज खोप लगाउने छुटेकालाई लगाउने कार्यतालिका तयार गरेको छ ।
सो अनुसार सात सय जनालाई कोभिसिल र दुई सय २० जनालाई भेरोसिल खोप दिने लक्ष्य रहेको कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।
स्रोत : daraundi.com