गोरखकाली रबर उद्योगलाई निजी लगानीमा सञ्चालन गर्न प्रस्ताव आव्हान गर्ने
लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलाई नीजि क्षेत्रको लगानीमा सञ्चालनका लागि प्रस्ताव आव्हान गर्ने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन् ।
शनिबार आउँदो आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै उनले सो रबर उद्योग लगायत भृकुटी कागज कारखाना, वीरगञ्ज चिनी मिल, बुटवल धागो उद्योगलगायतका न्यून सञ्चालनमा तथा बन्द अबस्थामा रहेका उद्योगलाई नीजि लगानीमा सञ्चालन गर्न प्रस्ताव गर्ने घोषणा गरेका हुन् ।
बूढीगण्डकी आयोजनाको ढाँचा निर्धारण गरी निर्माण कार्य सुरु गरिने
सरकारले गोरखा र धादिङको सिमानामा बन्न लागेको १२ सय मेगावाटको राष्ट्रिय गौरबको बूढीगण्डकी जलविद्यूत आयोजना निर्माणका लागि बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै बूढीगण्डकी जलविद्युत आयोजनाका लागि निर्माण ढाँचा निर्धारण र स्रोत ब्यवस्थापन गरी कार्यन्वयन गरिने बताए ।
बिरीमकाली खानेपानी आयोजना सम्पन्न गर्न जोड
गोरखा नगरपालिका ११ को बिरीमकाली खानेपानी आयोजना सम्पन्न गर्न सरकारले बजेट बिनियोजन गरेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले उक्त लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न बजेट बिनियोजन गरिएको बताए । लामो समयदेखि सुरु भएर सम्पन्न हुन नसकेको उक्त आयोजना सरकारको प्राथमिकतामा परेको हो ।
लार्के सडक र इको टुरिज्ममा गोरखालाई प्राथमिकता
तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको लार्के सडक निर्माण गर्न सरकारले बजेट बिनियोजन गरेको छ । सेनाले निर्माण गरिरहेको सो सडकलाई आउँदो बर्ष पनि तीब्र रुपमा अघि बढाउन बजेट विनियोजन गरिएको पौडेलले घोषणा गरे ।
इको टुरिजमको बिकास कालागि पनि गोरखा संघीय सरकारको बजेट प्राथमिकतामा परेको अर्थमन्त्री पौडेलले बताए ।
रसुवा र गोरखामा रहेको गणेश हिमाल क्षेत्रमा चलचित्र छायाङ्कन स्थल निर्माण गर्न सरकारले बजेट बिनियोजन गरेको छ ।
स्रोत : daraundi.com