बारपाकमा आज १६२ जनाको परीक्षण, २४ जना पोजेटिभ, ३४२ को स्वाब संकलन


गोरखाको बारपाकमा आज एक सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए । यस्तै तीन सय ४२ जनाको पिसिआरका लागि स्वाब संकलन गरिएको स्वास्थ्यकर्मी नानीबाबु दानीले जानकारी दिए ।
आज बारपाकको साविक १, २ र ३ मा ऐन्टिजिन परीक्षण गरिएको थियो भने हिमालय माविमा पिसिआरका लागि स्वाब संकलन गरिएको थियो ।

समुदायमा कोरोनाको माहामारी बढेपछि गण्डकी प्रदेश, कोभिड १९ संकट ब्यवस्थापन केन्द्र गोरखा र गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली शुक्रवार बारपाक पुगेका थिए । शुक्रवार सात सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
स्रोत : daraundi.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *