नेपाली बैंकले चीनमा जिते एक अर्ब ५६ करोडको मुद्दा

बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकले चीनको अदालतमा लडिरहेको अन्तर्राष्ट्रिय ठेक्कको पेश्की र ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेका छन् । नेपाली बैंकहरुले मुद्दा जितेको जानकारी बेइजिङबाट प्राप्त भएको बरिष्ठ अधिवक्ता डा.गान्धी पण्डितले अनलाइनखबरलाई बताए ।

उक्त प्रकरणमा कानूनी सेवा प्रदान गरिरहेका पण्डितले चीनको जनअदालतमा नेपाली बैंकको तर्फबाट दर्ता भएको पुनरावेदन मुद्दा जितेको बताए । पण्डितसहित बरिष्ठ अधिवक्ता शैलेन्द्र दाहालले यो मुद्दामा बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकको पक्षमा  बहस पैरवी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *