गलत बानी व्यवहारले गलत बानी व्यवहारले कुष्ठरोग हुने होइन

२६ फेवअरी १८५३ मा गोरखा जिल्लाको हर्मी गाविस वडा नं ८ मा जन्मनु भएका डा कृष्णप्रसाद दकाल कुष्ठरोग विशेषज्ञ हुनुहुन्छ । उहाँले रसिया थाइल्याण्ड र नेदरल्याण्डका विभिन्न कलेज र विश्वविश्द्यालयमा अध्ययन गरी एमडीसम्मको शिक्षा हासिल गर्नुभएको छ । उहाँसँग १८ वर्षसम्म सरकारी सेवा र ७ वर्ष अन्तराष्ट्रिय गैरसरकारी संस्थामा काम गरेको अनुभव छ । हाल उहाँले नेदरल्याण्डस् लेप्रोसी रिलिफ नामक अन्तराष्ट्रिय संस्थाको नेपाल प्रतिनिधिको रुपमा काम गरिराखनु भएको छ । प्रस्तुत छ कुष्ठरोग र यसको सेरोफेरोमा केन्द्रित रहेर गोरखा दीपका लागि विकास ढकालले उहाँसँग गरेको कुराकानीः

कुष्ठरोग कस्तो खाले रोग हो ?
कुष्ठरोग छाला र नसामा असर गर्ने रोग हो । समयमा नै उपचार नगरे यसले मानिसको शरिरमा विभिन्न अङ्गभङ्ग गराउँछ ।

यो रोग के के कारणले गर्दा लाग्छ ?
कुष्ठरोग लेप्रा भन्ने किटाणुको कारणले हुन्छ । उपचार नगरेका कुष्ठरोगीहरुको संसर्गमा लामो समयसम्म उठवास गर्नाले यो रोगको किटाणु बिरामी मानिसबाट स्वस्थ मानिसमा पनि सर्दछ र यदि उक्त स्वस्थ मानिसको शरिरमा कुष्ठरोग प्रतिरोधात्मक क्षमतामा कमि भएको रहेछ भने उक्त मानिसमा समेत कुष्ठरोग लाग्न सक्छ ।

कुष्ठरोगका लक्षणहरु के के हुन् ?
कुष्ठरोग शुरुका लक्षणहरुमा छाला छुदा थाहा नपाउने नदुख्ने नचिलाउने लाटा फुस्रा दागहरु आउनु हात खुट्टा झम झममुमाउने छालामा गिर्खाहरु आउने अनुहारको छाला तथा कानका लोतीहरु मोटो तथा चिप्लो हुने इत्यादि हुन् । समयमा नै उपचार नगरे हात खुट्टाहरुमा नदुख्ने घाउहरु हुने औलाहरु बाङ्गो हुने झर्ने आँखा बन्द गर्न नसक्ने हत्यादि समेत हुनसक्छ ।

के यो सरुवा रोग हो धेरैजसो मानिसहरु यसलाई सरुवा रोग हो भन्छन् नि ?
आँखाले देख्न नसक्ने लेप्रा भन्ने किटाणुको कारणले लाग्ने यो रोग एउटा सरुवा रोग हो । तर ९६ प्रतिसत मानिसमा यो रोग विरुद्धको प्रतिरोधात्मक शक्ति पर्याप्त हुने र यो किटाणु बाह्य वातावरणमा धेरै समयसम्म बाँच्न नसक्ने भएकोले यो ज्यादै कम मात्र सर्न सक्छ ।

अझ कतिपय मान्छेमा त यो बंशाणुगत हो भन्ने धारणा रहि आएको छ नि के यो सत्य हो ?
समाजमा यस्तो धारणा पनि पाइएको छ । तर यो एकदमै गलत धारणा हो । अघि भनेजस्तै यो एक प्रकारको किटाणुबाट लाग्ने रोग हो । यो किटाणु एउटा विरामी व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा सर्ने हुँदा एकै घरपरिवारमा बस्ने ब्यक्तिहरुमा यो सजिलै सर्नसक्ने भएकाले कहिलेकाहीँ एउटै आमा बाबुमा भएको रोग छोरा छोरीमा सर्ने गर्दछ । तर यो बंशाणुगत अथवा जन्मजातमै आउने रोग चाहिँ होइन ।

हाल नेपालमा कुष्ठरोग र रोगीको अबस्था कस्तो छ ?
अहिले नेपालको लगभग ३५०० कुष्ठरोगीहरु उपचार उराइरहेका छन् । हालसम्म १२५०० भन्दा बढी व्यक्तिहरु उपचार गरेर कुष्ठरोग निको भएसकेको अनुमान छ । समयमै उपचार नगरे रसबाट अङ्गभङ्ग समेत हुनेहुँदा कैयाँ मानिसहरु यो रोगबाट निको भइसेपछि पनि यसको कारणले भएको अङ्गभङ्गबाट भने प्रभावित नै भइरहने भएकोले समाजमा यो निको नहुने रोग हो कि भन्ने धारणा रहेको पाइन्छ ।

कुष्ठरोग रोकथामका लागि सरकारी पक्षबाट के कस्ता कामहरु भएका छन् ?
कुष्ठरोगको रोकथामको लागि कुनै खोप इत्यादि बनेको छैन । त्यसैले यसको रोकथामको सबैभन्दा प्रभावकारी उपाय नै प्रारम्भिक अबस्थामा नै यसको निदान तथा उपचार नै हो । नेपाल सरकारबाट विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको सहयोगमा उपचारका लागि हरेक स्वास्थ्य संस्थामा तालीम प्राप्त जनशक्ति तथा औषधिको व्यवस्था गरेको छ । विभिन्न संचार माध्यमबाट यसबारे प्रचार प्रचार समेत भइरहेको छ । गाउँ गाउँमा खटिएका स्वास्थ्यकर्मीहरुबाट यस रोगका शंकास्पद व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा पठाउने र नियमित उपचार गराउने व्यवस्था समेत गरिएको छ ।

गैरसरकारी निकायबाट चाहिँ के कस्ता पहल भएका छन् ?
गैरसरकारी संस्थाहरुको भूमिका भनेको नेपाल सरकारका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा लागू गराउन सहयोग गर्न तथा सरकारी तहमा हुन नसकेमा सेवाहरु उपलब्ध गराउने हो । यसको लागि सरकारबाट व्यवस्था गरेका सेवाहरु प्रदान गर्नको लागि स्वास्थ्यकर्मीहरुको तालीम औषधि आपूर्ति अन्य सामग्रीहरु उपलब्ध गराउने तथा प्रभावकारी सुपरिवेक्षणद्वारा गुणस्तरीय सेवा सुनिश्चित गराउने गरिएको छ । यसको अलावा कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुको अङ्गभङ्ग तथा सामाजिक आर्थिक पुनस्र्थापनाका कार्यहरु समेत हालसम्म सरकारी तहमा प्राप्त नभएकोले यी सम्पूर्ण सेवाको व्यवस्था समेत विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट भएको छ ।

समाजमा कुष्ठरोगीलाई छिः छिः र दुरः दुरः गर्ने चलन छ यसबारेमा तपाई के भन्नुहुन्छ ?
कुष्ठरोगबारे समाजमा व्याप्त विभिन्न गलत अवधारणाहरु तथा कुष्ठरोगले गराउन सक्ने अङ्गभङ्गको कारणले गर्दा समाजमा कुष्ठरोगीप्रति छिः छिः र दुरः दुरः गर्ने चलन रहेको पाइन्छ । एउटा विरामी व्यक्तिप्रति समाजबाट यस्तो अमानवीय परिवार तथा समाजबाट माया र सहयोग आवश्यकता पर्दछ । कुष्ठरोग कुनै पनि मानिसको गलत बानी व्यवहारले गर्दा हुने होइन । त्यसैले कुनै पनि सचेत व्यक्तिले कुनै पनि रोगीप्रति छिः छिः र दुरः दुरः नगर्नको लागि म आह्वान गर्दछु । विभिन्न साचार माध्यममरुबाट भएको प्रचार तथा कुष्ठरोगको प्रभावकारी उपचारको फलस्वरुप आजभोलि समाजमा रहेको यो गलत तथा अमानवीय धारणा कमि भने आएको छ ।

के कुष्ठरोगको पूर्ण निवारण सम्भव छ ?
कुष्ठरोग एक किटाणुबाट हुने रोग भएकाले उक्त किटाणुलाई फैलिनबाट रोक्न र अन्त्यमा पूरै निर्मूल पार्न सकेको खण्डमा यसलार्य पूर्ण निवारण गर्न सकिन्छ । तर यो किटाणुको बनावट तथा सर्ने तरिका प्रकृतिमा यसले बासस्थान बारेको हालसम्मको अनविज्ञता इत्यादि कारणले गर्दा निकट भविष्यमा नै यसको पूर्ण निवारण भने सम्भव देखिदैन् । अहिले विश्व स्वास्थय संगठन तथा नेपाल सरकारले समेत यसको पूर्णनिवारणको सम्भावना नदेखेर रोगीको संख्या सीमित गर्नुलाई नै यो रोगको निवारण मानेका छन् । हालको परिभाषा अनुसार उपचारमा दर्ता भएका कुष्ठरोगीको संख्या प्रत्येक १० हजारमा एक भन्दा कम हुनुलाई कुष्ठरोग निवारण भएको मानिन्छ । नेपालमा हाल यो संख्या प्रति १० हजारमा १.३ रहेको छ ।

यसरोगबाट बच्ने उपायहरु के के हुन् ?
यस रोगबाट बच्नको लागि कुनै खोप इत्यादि छैन । त्यसैले हाम्रो शरिरमा रो विरुद्ध प्रतिरोधात्मक शक्ति तन्दुरुष्ट राख्ने स्वस्थ खानपान सरसफाई स्वस्थ वातावण तथा प्रशस्त हावा र उज्यालो पुग्ने बसाई अपनाउनु तथा माथि उल्लेख गरिएका कुष्ठरोगका प्रारम्भिक लक्षणहरु देखिनासाथ तुरुन्तै उपचर उराउनु नै यसबाट बच्ने उपायहरु हुन् ।

तपाईको संस्थाले चाहिँ कुष्ठरोगका क्षेत्रमा के कस्ता कदम चालेको छ त ?
हाम्रो संस्थाले नेदरल्याण्डस् लेप्रोसी रिलिफले कुष्ठरोगको क्षेत्रमा विभिन्न कामहरु गदैं आएको छ । जसमध्ये कुष्ठरोग सम्वन्धी दक्ष जनशक्ति तयार गर्नु कुष्ठरोगबारे समाजमा रेका विभिन्न गलत अवधारणाहरु हटाउनको लागि विभिन्न सूचनातथा शिक्षा प्रदान गर्नु तथा कुष्ठरोगको कारणबाट अङ्गभङ्ग भएका व्यक्तिहरुको शारीरिक तथा आर्थिक पुनस्र्थापना गर्नु प्रमुख रहेका छन् ।
स्रोतः गोरखा दीप हुने होइन

स्रोतः गोरखा दीप

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *