मिसेस आदिवासी जनजाति २०२१ गोरखाकी आशा थापा

Mrs. Adivasi Janajati 2021 Gorkhaki Asha Thapa, मिसेस आदिवासी जनजाति २०२१ गोरखाकी आशा थापा

गोरखाकी आशा थापा मिसेस आदिवासी जनजाति २०२१ की विजेता बन्न सफल भएकी छन् । शनिबार सम्पन्न मिस तथा मिसेस इण्डिजेनिअस २०२१ को दोस्रो सिजनमा थापा मगर विजेता बन्न सफल भएकी हुन् ।

सो अवसरमा उनलाई आयोजक एसके इन्टरटेनमेण्टले विजेताको ताजसहित नगद ५० हजार रुपैयाँले सम्मान गरेको थियो । आयोजकको तर्फबाट मिसेस इण्डिजेनिअस सिजन वानकी उपविजेता चेसाङ तामाङले उनलाई ताज पहि¥याइदिएकी थिइन् ।

थापा पालुङटार नगरपालिका ९ निवासी हुन् ।

साथै गोरखा गुम्दाकी विमिशा गुरुङ मिस इण्डिजेनिअस सिजन टु २०२१ (सिजन टु)को फस्ट रनरअप बन्न सफल भएकी छन् ।

नुवाँकोटकी नम्रता लामा विजयी तथा गुरुङ फस्ट रनर अप बन्न सफल भएका मिस इण्डिजेनिअस सिजन वान २०१९ की विजेता एलिजा गुरुङले जानकारी दिइन् ।

विजयी लामालाई मिस इण्डिजेनिअस २०१९ एलिजा गुरुङले ताज पहि¥याइदिएकी थिइन् ।

त्यसैगरी मिसेस ईण्डिजिनियस-२०२१ तर्फ फर्स्ट रनरअप, भिउर्स च्वाइस सिता तामाङ, सेकेन्ड रनरअप लक्ष्मी गुरुङ, थर्ड रनरअप निरु राइ, अर्गनाइजर च्वाईस क्रिष्टिना आले मगर, पब्लिक चवाइस शान्ता तामाङ, पपुलर रुपा थापा मगर, पर्सनालिटी सिता तामाङले सब टाइटल जित्न सफल भएका छन् ।

कन्फिडेण्ट सपना तामाङ लोप्चन, बेष्ट वाल्क शान्ता तामाङ, बेष्ट स्माईल रुपा थापा मगर, फोटोजेनिक र ट्यालेन्ट आशा थापा, डिसिप्लिन पायल गहतराज, पंचुअल र फ्रेण्ड्लि लक्ष्मी गुरुङ, बेस्ट सकिन निरु राइले सब टाइटल जित्न सफल भएका छन् ।

बेष्ट हेयर रेखा गुरुङ र इनोसेन्ट सुशिता तामाङले जित्न सफल भएका छन् भने मिस ईण्डिजिनियस-२०२१ तर्फ फर्स्ट रनरअप, पंचुअल, भिउवर्स चवाइस र पब्लिक च्वाईस बिमिशा गुरुङ, सेकेन्ड रनरअप मुना बुढामगर, थर्ड रनरअप सबिना गुरुङले सब टाइटल जित्न सफल भएका छन् ।

अर्गनाईजर च्वाईस गीता मगर, पपुलर मुना बुढामगर बेष्ट वाल्क सबिना गुरुङ, बेष्ट स्माइल रशिला तामाङ, फोटोजेनिक सबिना गुरुङ, ट्यालेन्ट शान्ति गुरुङ, डिसिप्लिन प्रिया खनाल, स्कीन रेनुका तामाङ, बेष्ट हेयर लक्ष्मी चौधरी,फ्रेन्डली मिना राइ र इनोसेन्ट गीता मगरले सब टाइटल जित्न सफल भएका छन् । बिजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाउन सफल भएका थिए ।साभारः दरौँदी दैनिक पत्रिका

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *