नास्टले गोरखाका डा.उत्तमबावु श्रेष्ठ सहित १७ जनालाई पुरस्कृत गरयो

नास्टले गोरखाका डा.उत्तमबावु श्रेष्ठ सहित १७ जनालाई पुरस्कृत गरयो

 

गोरखा – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विज्ञान प्रविधिका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गोरखा डा.उत्तमबावु श्रेष्ठ सहित १७ जनालाई पुरस्कृत गरेको छ । ११ विधामा नास्टले १७ जनालाई पुरस्कृत गरेको हो ।

नास्टले प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष (डब्लडब्लुएफ), कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार राष्ट्रिय आविस्कार केन्द्रलाई दिएको छ । विज्ञान पुरस्कार ग्लोबल इस्टिच्युट फर इन्टरडिस्सीप्लिनरी स्टडिजका डा.उत्तमबाबु श्रेष्ठलाई र प्रविधि पुरस्कार टेकु अस्पतालका डा.शेरबहादुर पुनलाई दिइएको छ ।

विज्ञान तथा प्रविधि युवा पुरस्कार ५ जनाले पाएका छन्, जसमा इन्जिनियरिङ युनिभर्सल कलेजका डा.भेषबहादुर थापा, शिखर बायोटिककी सुनीता गौतम, कृषि अनुसन्धान निर्देशनालयका डा.आनन्द मिश्र, हिकास्टाकी डा.अनुपमा श्रेष्ठ र रिकास्टका डा.सागर रेग्मीलाई पनि पुरस्कृत गरेको छ ।

त्यस्तै विज्ञान तथा प्रविधि महिला पुरस्कार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय सूक्ष्मजीव विज्ञान विभागकी डा.रेश्मा तुलाधलाई, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्धन पुरस्कारबाट नेपाल विज्ञान शिक्षक समाज र नेपाल एस्ट्रोनोमिकल सोसाइटीकी मनिषा द्ध्वा पुरस्कृत भएका छन् ।

विज्ञान तथा प्रविधि पुरस्कार पत्रकार गोविन्दप्रसाद पोखरेललाई, दयानन्त बज्राचार्य अनुसन्धान पुरस्कार काठमाण्डौं विश्वविद्यालयकी मीरा खड्का र त्रिभुवन विश्वविद्यालय केन्द्रीय जैविक प्रविधि विभागका प्रदीपकुमार चौधरीलाइ प्रदान गरिएको छ ।

फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालका दीपेश दुवेलाइ र विज्ञान शिक्षक पुरस्कार काठमाण्डौंस्थित ज्ञानोदय माविका नातिकाजी महर्जनलाई दिइएको छ ।

पुरस्कृत सबैलाई आज एक कार्यक्रम बिच प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान सहित पुरस्कार प्रदान गरेका थिए । साभारःगोरखा समाचार

तस्बिर उत्तमबावु श्रेष्ठकाे फेसबुक पेजबाट

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *