रोटरी क्लव अफ गोरखाको नेतृत्वमा विशाल राना

रोटरी क्लव अफ गोरखाको नेतृत्वमा विशाल राना

रोटरी क्लव अफ गोरखाको बर्ष २०२१/०२२ को नेतृत्व विशाल रानाले सम्हालेका छन् । आइतबार होटल मिराकलमा आयोजित १९ औँ पदस्थापन समारोहमा बर्ष २०२०/०२१ का अध्यक्ष काशिनाथ अम्गाईले नयाँ कार्यकालका अध्यक्ष रानालाई पद हस्तान्तरण गरेका हुन् ।

सोही समारोहमा रानासहित उनका टिमका सबैले पद तथा जिम्मेवारी सम्हालेका हुन् । नयाँ कार्यकालका लागि चयन भएका क्लवका इलेक्ट प्रेसिडेण्ट कृष्ण ढकालको सोही समारोहमा पदस्थापन भएको हो । उनलाई यसअघिका इलेक्ट प्रेसिडेण्ट विशाल रानाले पद हस्तान्तरण गरेका थिए ।

त्यस्तै प्रेसिडेण्ट नोमिनीमा ज्ञानहरि अर्याल, सेक्रेटरीमा शोभा प्रधान, कोषाध्यक्षमा अञ्जनबाबु खत्री र सहसचिवमा अजीतरमण खनालको पदस्थापन भएको छ । उनीहरुलाई यसअघिका सोही पदका क्रमशः कृष्ण ढकाल, रामस्वरुप श्रेष्ठ, शोभा प्रधान र अञ्जन खत्रीले पदहस्तान्तरण गरेका थिए ।

पदस्थापन कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लवका डिजिएम जीतेन्द्रबहादुर राजभण्डारी, पिडिजी सञ्जय गिरी, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर वीनाकुमारी श्रेष्ठ, चार्टर प्रेसिडेण्ट सितलकाजी मास्के, डिस्ट्रिक्ट ट्रेनिङ मेम्बर पवनरमण खनाल, रोटरी क्लव अफ बज्र मनास्लुका अध्यक्ष कृष्णमान श्रेष्ठ(इश्वर), रोटरी क्लव अफ मनकामना आँबुखैरेनीका अध्यक्ष कृष्णप्रसाद कोइराला, रोट्याक्ट क्लव अफ गोरखाका अध्यक्ष समीर श्रेष्ठले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।साभारः दरौँदी दैनिक पत्रिका

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *