गोरखा
गोरखाको आरुघाट क्षेत्रमा भेटिएको कालो सालकको उद्वार गरिएको छ ।
आरुघाट गाउँपालिका ९ को आरुचनौटे क्षेत्रमा फेला पारिएको कालो सालकको उद्धार गरिएको हो ।
आरुघाट बजारका स्थानियले बजार क्षेत्रमा फेला पारेको उत्त सालकलाई उद्वार गरेर आरुघाट प्रहरी चौकीमा बुझाएको थियो । चौकीले डिभिजन बन कार्यालय गोरखाबाट गएको टोलीलाई बुझा पछि गोरखा नगरपालिका ८ को वन क्षेत्रमा छाडिएको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी महेश पौडेलका उद्वार गरिएको सालक चाईनिज जातको कालो सालक हो । नेपालमा पाईने तामे र कालो सालक मध्ये गोरखामा अहिले सम्म कालो सालक मात्र फेला परेको छ ।
जमिन भित्र बस्न रुचाउने सालकको मुख्य आहारा भनेको धमिरा र कमिला नै हो । कहिले काही यसले जंगलमा पाइने किराहरु पनि आफ्नो आहारा बनाउने गरेको बिज्ञहरुको अनुमान रहेको छ ।
गोरखा जिल्ला भर अहिले सम्म यो सहित १९ वटा सालकको उद्वार गरिएको डिभिजन बन कार्यालयका प्रमुख असोककुमार श्रेष्ठले बताए । सालक सामान्यतया १० बर्ष सम्म बाच्ने भएता पनि कुनै कुनै सालक १२ बर्ष सम्म बाचेको रेकर्ड छ ।
तस्बिर साैजन्य कुशल श्रेष्ठ
सभार : गोरखा समाचार