संक्रमित सुनचाँदी व्यवसायी तथा कालिगढलाई सहयोग गर्न हेल्पडेस्क स्थापना

कोभिड–१९ को भाइरसबाट संक्रमित सुनचाँदी व्यवसायीहरुलाई स्वास्थ्य उपचारमा सहजीकरण गर्ने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशले हेल्प डेस्क गठन गरेको छ ।

चन्द्र किशोर गौतमको संयोजकत्वमा १०१ सदस्यीय हेल्प डेस्क र १९ सदस्यीय सल्लाहकार समिति चयन गरिएको प्रदेश हेल्प डेस्कका सहसंयोजक तथा जिल्ला समन्वय समितिका संयोजक कृष्णबहादुर विश्वकर्माले जानकारी दिए ।

सदस्यबाट सहयोग रकम संकलन गरी व्यवसायी तथा उनीहरुका परिवार र कालिगढहरुलाई सहयोग गरिने उद्देश्यले हेल्प डेस्क गठन गरिएको विश्वकर्माले जानकारी दिए ।

हेल्पडेस्कले ११ लाख रुपैया भन्दा धेरै सङ्कलन गरिसकेको र संकलन कार्य जारी रहेको उनले बताए । सोही कोषमा नेपाल सुनचादी व्यवसायी महासंघले दुईलाख रुपैयाँ थप सहयोग गरेको उनले बताए ।

हेल्पडेस्कले गोरखा जिल्लाको विकट अजिरकोट गाउँपालिका घर भै वारपाक शुलीकोट बस्ने व्यवसायी हिमबहादुर विश्वकर्मा संक्रमित भएर पनि आर्थिक अबस्था कमजोर भएका कारण घरमै बसिरहेको अवस्थामा एम्बुलेन्समार्फत उद्धार गरी गोरखा अस्पतालमा उपचार गरी घर फर्केको र उक्त एम्बुलेन्स खर्च हेल्पडेक्स समितिले तिरेको विश्वकर्माले जानकारी दिए ।

हेल्पडेस्कले संक्रमित भएर मृत्यू भएका परिबारलाई राहत, संक्रमितलाई उपचार तथा उनको परिबारलाई पनि राहत, एम्बुलेन्सबाट उद्धार सेवा, अस्पतालहरुलाई अक्सिजन र औषधी प्रदान गर्दै संक्रमितबाट बच्नका लागि डाक्टरको परामर्श सम्पर्क तथा जुम प्रविधिबाट शिक्षा पनि दिने अभियान रहेको संयोजक गौतमले बताए ।
सभार : दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *