बारपाक फोटो प्रतियोगितामा खुसिरामको फोटो उत्कृष्ट

बारपाक फोटो प्रतियोगीतामा पहिलो भएको खुसीराम घलेको तस्बिर।

वारपाकका उत्कृष्ट फोटा खिच्ने फोटोग्राफर पुरस्कृत भएका छन्।
नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक बारपार सुलिकोटका फोटाको अनलाइन प्रदर्शनी गरिएको थियो। जसअन्तर्गत उत्ष्ट ३ वटा फोटो खिच्ने व्यक्तिलाई पुरस्कृत गरिएको बोर्डले जनाएको छ।

पहिलो हुने खुसीराम घले १० हजार रूपैयाँ, दोस्रो हुने सिरिस वि.सीले ८ हजार रूपैयाँ र तेस्रो हुने अमिर श्रेष्ठको फोटोले ५ हजार रूपैयाँ नगद पुरस्कार पाएको हुन्।

बारपाक सुलिकोट गाउँपालिका (गोरखा), नेपाल पर्यटन बोर्ड, फोटोग्राफर उमा बिष्ट र स्टोरी साइकलले संयुक्त रूपमा निर्णय गरि विजेता फोटोग्राफर छनोट गरेको हो।
२०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु भएको कारणले राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएको बारपाक पर्यटकीय गाउँको प्रचार-प्रसारसँगै भूकम्प स्मृतिको सन्दर्भ पारेर अनलाइन फोटो प्रदर्शनी गरिएको थियो।

उक्त प्रदर्शनीमा बारपाकलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरु, बारपाकलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायत बारपाकका रमणीय दृष्यावलोकन गर्न सकिने स्थलहरु, पर्यटकलाई आकर्षित गर्ने वस्तुका तस्बिर राखिएका थिए ।

प्रकृति, संस्कृति लगायत आकर्षण समावेश गरिएको फोटाका प्रदर्शनी नेपाल पर्यटन बोर्डको फोटो अभियानको पोर्टल www.photonepal.travel मा गरिएको थियो।

साथै विभिन्न अनलाइन कार्यक्रमहरुको आयोजना गरिएको हो । फोटो प्रदर्शनी वैशाख १० बाट सुरू भई वैशाख २४ सम्म चलेको थियो ।
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले हिमालको काख रहेको एउटा पुरानो लाहुरेहरुको बस्ति बारपाक २०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु कारणले राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा चर्चाको शिखरमा पुगेको बताए।

बारपाक गाउँपालिकाको यो एउटा महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको छ। बारपाक गाउँको कला-संस्कृति र यसको पर्यटकीय आयामहरु उजागर गर्न गरिएको अनलाइन कार्यक्रम प्रति गाउँपालिकाको तर्फबाट यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्न, थप विस्तार गर्न सहयोग गरिने बताए।

बारपाक सुलिकोट गाउँपालिका, बारपाक मित्रता समाज, स्टोरी साइकल, ब्रिटिश काउन्सिल र नेपाल पर्यटन बोर्डसँग मिलेर बारपाक क्षेत्रको अनलाइन पहुँच बढाउन विभिन्न अनलाइन कार्यक्रमहरु आयोजना गरिएका हुन् ।
by: सेतोपाटी

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *