शहीदलखनमा एक सय ७३ जनाले खोप लगाए

शहीदलखनमा एक सय ७३ जनाले खोप लगाए

गोरखाको शहीलखन गाउँपालिकामा मंगलवार एक सय ७३ जनाले भेरोसिल खोप लगाएका छन् । एक सय चार महिला र ६९ जना पूरुषले खोप लगाएका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।

पहिलो दिन ६३ र ६४ वर्ष उमेर समुहका मानिसलाई खोपमा प्राथमिकता दिइएको थियो ।
६० देखि ६४ वर्ष उमेरका एक हजार एक सय ५३ जना पालिका भित्र रहेको र खोप भने तीन सय ६० मात्रै आएको उनले बताए ।

यस अघिको अभियानमा छुटेका ६५ वर्ष उमेर माथिका मात्रै उक्त गाउँपालिकामा एक हजार पाँच सय ५४ जना रहेका छन् । पहिले छुटेकालाई अहिले खोप लगाइएको छैन ।

अहिले ६२ देखि ६४ वर्ष उमेरकालाई खोप लगाउन निर्देशन भएकाले सोही अनुसार लगाइएको स्वास्थ्य शाखाले जनाएको छ ।
सभार : दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *