पशु हत्या निषेध गरिएको गोरखाको सुन्दर पर्यटकीय गन्तव्य चुम भ्याली

पशु हत्या निषेध गरिएको गोरखाको सुन्दर पर्यटकीय गन्तव्य चुम भ्याली

पृष्ठभूिम :

नेपालको गोर्खा जिल्लाको चुमनुब्री गाउँपालिकामा रहेको चुम भ्यालीमा पशु हत्या निषेध छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा गोरखा जिल्लाको चुमभ्यालीलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा था चुमभ्यालीलाई पनि दिइएको छ ।

परिचय

चुम भ्याली गोरखा जिल्लाको पूर्व–उत्तर क्षेत्रमा पर्ने अति प्राचीन बौद्ध संस्कृति भएको उपत्यका हो । चुम शब्दको खास अर्थ हो पूर्व । यसलाई अहिंसा क्षेत्रको रुपमा पनि चिनिन्छ । गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्चेत र ७ छेकम्पार दुई वडालाई एकमुष्ठमा चुम उपत्यका भनिन्छ । करिब ८ सय घरधुरी रहेको चुम उपत्यकामा कहिल्यै पनि काटमार गरिँदैन ।

छेकम्पारलाई १९७७ सालमै अहिंसा क्षेत्र घोषणा गरिएको हो भने चुम्चेतलाई २०६९ सालमा । गाउँमा अहिंसा (स्याक्या) महोत्सव गरी चार किल्ला तोकि त्यस क्षेत्रभित्र हिंसाजन्य पाँच काम नगर्ने प्रतिवद्धता स्थानीयले जनाएका छन् । यस्ता छन् प्रतिवद्धताः
१. कुनै पनि जीव-जनावर काटमार नगर्ने
२. शिकार नखेल्ने
३. मह नकाढ्ने
४. डढेलो नलगाउने
५. मासुको प्रयोजनका लागि जीव एवं पंक्षीलाई अहिंसा क्षेत्रभित्र प्रवेश नगराउने

त्यस्तै काम दिन नसक्ने गरी बुढो भएपछि पनि कुनै जनावरलाई नमार्ने वा मासु खाने व्यक्तिको हातमा नबेच्ने र चौंरीको बाच्छा नमार्ने प्रतिवद्धता पनि जनाइएको छ । चीनसँग सीमा जोडिएको यस गाउँको प्रहरी चौकीमा बस्ने प्रहरीहरुले समेत काटमार गर्न पाउँदैनन् । चुमभ्याली घुम्न जाने सयौं विदेशी पर्यटकले पनि मासु खान पाउँदैनन् किनभने होटलहरु सबै शाकाहारी मात्रै छन् ।

यो क्षेत्रलाई जीवजन्तुको खुला संग्रहालय भन्दा हुन्छ । यहाँका जीव-जनावर र चराचुरुंगीको मानिससँग पारिवारिक सम्बन्ध छ । चुमभ्याली घुम्न जाने सयौं विदेशी पर्यटकले पनि मासु खान पाउँदैनन् किनभने होटलहरु सबै शाकाहारी मात्रै छन् । यो उपत्यकामा वुद्धको पञ्चशीलको मान्यता अनुशरण गरिएको छ ।

महत्व

यहाँ ७०० वर्ष भन्दा प्राचीन गुम्बा छन् । यहाँको शान्तिप्रिय संस्कार र संस्कृति, बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, छ्योर्तेन, चैत्य, स्मारक र तिब्बती संस्कृतिको अलग्गै महत्व छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

चुम उपत्यकामा कुनै काटमार हुँदैन । यो उपत्यका अहिंसा क्षेत्र हो । वन्यजन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । त्यसैले यो उपत्यका एक खुल्ला सङ्ग्राहलय जस्तै लाग्छ । चुम उपत्यका धेरै वर्षदेखि अहिंसा क्षेत्र रहिआएको प्रमाणको रूपमा विक्रम संवत् १९७७ सालमा सालमा महागुरु गूरु अवतारी डुक्पा लामा सेराब दोर्जेको रोहबरमा अहिंसात्मक परम्परालाई पालन गर्ने गराउने प्रतिबद्धता जनाई चुम निवासी आफ्नो धर्मकर्ममा तल्लिन रहिआएका छौं भनी चुमबासीहरूले प्रतिबद्धता गरेका हस्तलिखित कागजात अझैसम्म सुरक्षित पाइन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) का पर्यटन अधिकृत नरेनद्र लामाले सो क्षेत्रको बारेमा सोधपत्र नै तयार गरेका छन् । उनका अनुसार देशमा धर्मको संकट परे सुरक्षित क्षेत्रको रुपमा सो स्थानलाई ब्याख्या गरिएको छ । बुद्ध धर्मका गुरुले पनि सो क्षेत्रलाई हिडन साईड अर्थात् लुकेर रहेको अनौठो स्थानको रुपमा ब्याख्या गर्दै बुद्ध धर्ममा संकट आएका बेला सबैभन्दा सुरक्षित आश्रय स्थानको रुपमा चिनाएका छन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

यहाँ वौद्ध समुदाय धेरै भएकाले वौद्ध भिक्षु भिक्षुनीहरु पाइन्छन् । यही क्षेत्रमा विश्वकै सबैभन्दा पुरानो डेफु डोल्मा भिक्षुनी (आनी) गुम्बा रहेको छ । यो करिब ८२० बर्ष अघि स्थापना भएको बताइन्छ । स्थापना कालमा उक्त गुम्बामा करिब पाँच सय भिक्षुनीहरु बस्थे । त्यहाँ उनीहरुले दैनिक पुजा पाठसँगै बुद्ध धर्म सम्बन्धि अध्ययन पनि गर्थे । त्यस्तै यो क्षेत्रमा मु गुम्बा (भिक्षु), राचेन आनी (भिक्षुनी) गुम्बा, मिलारेपा गुफा लगायत अन्य गुम्बाहरु समेत पाइन्छन् । प्राकृतिक सौन्दर्य गणेश हिमाल १,२,३, ४,५, बौद्ध हिमाल र श्रीङ्गी हिमालले यो उपत्यका घेरिएको छ । यी हिमालहरुको दृष्यालोकनको लागि पनि यो उपयुक्त क्षेत्र हो ।

जैविक विविधता

उक्त क्षेत्रको जंङ्गलमा झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल र फ्या (स्थानीया भाषामा मुसा भनिन्छ), लंगुर बाँदर जस्ता जिवजन्तु प्रचुर मात्रामा पाइन्छ । खुल्ला चिडियाखानाको रुपमा समेत चिनिएको सो क्षेत्रमा झारल नाउर कस्तुरी घर वरपर चरिरहेका हुन्छन् । मानिससँगै जंगली जनावर पनि खेलिरहेका हुन्छन् । मनासलु संरक्षण क्षेत्र भित्र पर्ने यो क्षेत्र खुल्ला चिडियाखानाको रुपमा समेत चिनिन्छ । यहाका स्थानियले दुध, दही, घ्यू, छुर्पीको लागि मात्रै पशुपालन गर्छन् । आफुले पालेको पशु अन्य कसैलाई मारकाटको लागि बिक्रि गर्दैनन् ।

पर्यटन प्रर्वद्धन

नेपालमा कम प्रचार पाएको तर विश्वका पर्यटक माझ धेरै प्रचार भएको पर्यटकीय क्षेत्र हो ‘चुम भ्याली’ । यो क्षेत्र विक्रम सम्बत १९७७ देखी पशु हिंसा रहित क्षेत्रको रुपमा विश्व परिचित हुदै आएको छ । यो क्षेत्र अहिंसा क्षेत्र घोषणा भएको ९४ बर्ष पूरा भएको छ । उक्त क्षेत्रमा बिगत एक सताब्दी देखी पशु चौपाया तथा पंन्छी जन्य जातीलाई काटमार नगरिएको विश्वास गरिन्छ । तर प्रचार प्रसारको कमी हुदा चुम भ्याली ओझेलमा परेको छ ।

पर्यटकिय सम्भावना

मनास्लु पर्यटन पदमार्ग अन्तर्गत पर्ने यो उपत्यकामा धेरै विदेशी पर्यटक आउने गर्छन ।

कसरी पुग्ने ?

चुम उपत्यका गोरखा जिल्ला सदरमुकामदेखि उत्तर ५० कोष टाढा रहेको छ । गोरखा सदरमुकामबाट झण्डै ५ दिनको पैदल दूरीमा यो क्षेत्रमा पुगिन्छ ।

तस्वीर : अर्जुन कुमार कार्की, चुम भ्याली ट्रेक

यो पनि पढ्नुहोस्

चितवनको वाल्मीकिको साधनाभूमि र सीता आएर बसेको स्थल वाल्मीकि आश्रम

चितवनको सुन्दर गन्तव्य पटिहानी पर्यटकीय क्षेत्र

स्वर्गको टुक्रा जस्तो बन्दै चितवन माडीको पर्यटकीय गन्तव्य सोमेश्वोर गढी

स्रोत :nepalpatra.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *