नेपालअधिराज्यको करिव मध्ये भागमा अवस्थित, प्रदेश ४ मा पर्ने गोरखा जिल्लाको एकमात्र ऐतिहासिक नगरी गोरखा नगरपालिकाको गठन वि.स.२०५३ साल माघ १५ गते साविक गोरखकाली, रानिश्वारा र तारानगर गा.वि.स.हरूलाई समेटेर गरिएको हो । साथै नेपाल सरकार को मिति २०७१ साल मसिंर १६ को निर्णय अनुसार साविक फिनाम र नारेश्वर गा.वि.स तथा मिति २०७३ मंसिर २० को निर्णय अनुसार ताप्ले र देउराली गाविस थप गरि यस न.पा.ले कुल १३१.८६ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ ।
राजधानी काठमाण्डौदेखि १४१ कि.मि. पश्चिम र अमर सिं राजमार्गको आँवु खैरेनी तनहुँबाट २४ कि.मि. उत्तरमा पर्ने यस न.पा. को अधिकाँश भू–भाग पहाडी क्षेत्रले ढाकेको छ भने केहीभाग टार बेसीले ढाकेको छ ।
यस नगरपालिका आफैँमा भौगोलिक विविधताले सम्पन्न त छँदैछ यसका साथै यस न.पा. को कुन्दुरटार, तेह्र कि.मि. घुम्ति बजार, मैदान, पस्लाङ्ग, सतिपिपल, गोरखकाली दरवार, उपल्लोकोट, भिमसेन स्मारक आदि क्षेत्रबाट यस जिल्लाको उत्तर तर्फ रहेकामनास्लु, हिउँचुली र लार्केका साथै पश्चिमतर्फ लमजुङ्ग जिल्ला अन्तर्गत पर्ने लमजुङ्ग र वौद्घ हिमालका मनोरम दृश्यहरू पनि अवलोकन गर्न सकिन्छ ।
ऐतिहासिक पृष्ठभूमि
विश्व सामू गुर्खाको नामबाट परिचित गोर्खालीहरूको भूमि गोरखाले राष्ट्रिय इतिहासको पानामा एउटा महत्वपूर्ण स्थान ओगटेको छ । वर्तमान नेपालको एकीकरणको सुत्रपात भएको यस जिल्लाको ऐतिहासिक धरोहर मध्ये गोरखा दरबार, गोरखनाथ मन्दिर, कालिका मन्दिर एवं तल्लो दरबार आदि यसै नगरपालिकाभित्र पर्दछन् । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिने वीरवीरङ्गनाहरू मध्ये बीसे नगर्चीको जन्म यस यसै न.पा.मा भएको थियो ।
राजनैतिक तथा प्रशासनिक विभाजन
प्रदेश नं ः ४
जिल्ला ः गोरखा
विकास क्षेत्र ः पश्चिमाञ्चल
निर्वाचन क्षेत्र ः २
नगरपालिका ः गोरखा नगरपालिका
वडा संख्या ः १४
टोल विकास संस्था: २२३
गोर्खा जिल्लको पूर्वमा धादिङ र तिब्बत पश्चिममा लमजुङ मनाङ तिब्बत उत्तरमा तिब्बत र दक्षिणमा चितवन तनहु धादिङ जिल्ला पर्दछ ।
भौगोलिक स्थिति अनुसार यो जिल्ला २७.१५ डिग्री देखि २८.१५ डिग्री अक्षांश र ८४.२७ डिग्री देखि ८४.५८ डिग्री देशान्तरमा अवस्थित छ । साथै यसको कूल क्षॆत्रफल ३६१० वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला समुद्री सतहदेखि करिब २२८ मिटरदेखि ८१६३ मिटर सम्मको उचाईमा रहेर उत्तर दक्षिणमा फैलिएको छ । जिल्ला सदरमुकाम गोरखा बजार समुद्र सतहदेखि ११०० मिटरको उचाईमा रहेको छ ।
ऐतिहासिक गोरखा दरवार प्रसिद्ध मनकामना देवीको मन्दिर गोरखनाथ मन्दिर यस जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरु हुन् । गोरखाबजार आरुघाट आर्खेतबजार यस जिल्लाको प्रमुख व्यापारीक स्थानहरु हुन् ।
गोरखकाली मन्दिर, पस्लाङ्ग-चौतारा (द्रव्य- शाहको राज्याभिषेक गरिएको स्थान), सरस्वती आश्रम (रानी रत्नवतीले सम्वत १२६६ देखि संरक्षण गरेको बन), माझकोट (गोरखकाली मन्दिर र गोरखनाथ गुफा रहेको स्थान) , उपल्लो कोट (सूर्योदयको लागि प्रसिद्ध स्थान), क्वीन पीक (स्नो गार्डेन रानीवन माथि) रामशाह चौतारापार्क (रामशाहले न्याय दिने ढुङ्गोरहेको स्थान ), शिव पार्वती बनविहार पार्क (कालिका मन्दिरको उत्तरपट्टि), गोरखनाथ गुफा ( पृथ्वीनारायण शाहले बरदान प्राप्त गरेको स्थान), बोकर्लोक बेशी ( थूमे राजाहरुको राजभवन रहेको भनिएको स्थान), लूदी-दामगाडे (बस वाक र सफारि पार्कको लागि प्रसिद्ध बन), अबुवा-ढुङ्गागाडढे (मनोरम तथा सहसिक यात्रा) आदी रहेको छ ।
त्यसै गरी मुख्यनदीमा मस्र्याङदी नदी र दरौंदी नदी रहेको छ । सिर्दी, लुदी, कर्णे खोला, ज्यादुल खोला, गंगटे खोला र बेनी खोला, खाल्टे खोला, भालु खोला सम्भावित पर्यटकीय क्षेत्रहरु हुन