भू–गर्भविद्को टोली उत्तरी गोरखामा

भू–गर्भविद्को टोली उत्तरी गोरखामा

गोरखा – लगातारको बर्षा पछि उत्तरी गोरखाका बस्तीहरु जोखिममा परेको भन्दै भू–गर्भविद्हरुको एक टोली अध्ययनका लागि उत्तरी गोरखा पुगेको छ ।

बिघटित प्रतिनिधिसभका सांसद हरिराज अधिकारीको नेतृत्वमा बाढी पहिरोको उच्च जोखिममा परेको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका बिभिन्न क्षेत्रको अध्ययनका लागि बिज्ञ सहितको टोली उत्तरी गोरखा पुगेको हो ।

इन्जिनियर सहित खानी तथा भू–गर्भ बिभागको टोली आइतकार बिहान सिर्दिबास पुगेको हो । टोलीले सिर्दिबास क्षेत्रमा पर्ने जगत, सल्लेरी लगायतका स्थानका जोखिमपुर्ण बस्तीको अध्ययन तथा अनुगमनका गर्ने सांसद अधिकारीले टेलिफोन मार्फत जानकारी दिए ।

उत्त टोलीमा बिपत प्राधिकरणका भू–गर्भ इन्जिनियर सुसिल श्रेष्ठ, खानी तथा भू–गर्भ बिभागका भू–गर्भबिद् सूचिता श्रेष्ठ, सुलभ कायस्थ र पत्रकार सागर पन्त रहनु रहेका छन् । टोलीले ३ दिनसम्म जोखिमपूर्ण बस्तीको अध्ययन तथा अनुगमन गर्ने सांसद अधिकारीले जानकारी दिए ।

टोली आजै बिहान एयर डाइनेष्टी हेलिकप्टरबाट बिहान सिर्दिबास पुगेको हो । विज्ञहरुको अध्ययन पछि बस्ती स्थानान्तरण गनुपर्ने वा नपर्ने भन्ने बारेमा निर्णय लिन सहज हुने अनुमान गरिएको छ । अधिक बर्षा पछिको बाढी पहिरोले सल्लेरी र जगतमा ठुलो क्षति पुरयाएको छ ।साभारःगोरखा समाचार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *