आईपास नेपालद्धारा गोरखाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

आईपास नेपालद्धारा गोरखाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

आईपास नेपाल नामक संस्थाले गोरखा जिल्ला अन्र्तगत आरुघाट गाउँपालिका र गोरखा नगरपालिका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोभिड १९ नियन्त्रण रोकथाम र उपचारका लागि मद्धत पुग्ने उद्देश्यले स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको संस्थाले जनाएको छ । आईपास नेपालका प्रदेश संयोजक थमकुमारी कुँवरको संयोजकत्वमा पिपिई सेटहरु, गाउन, ग्लोब्स, मास्क, सेनेटाईजर, पल्स अक्सी मिटर तथा थर्मोमिटर हस्तान्तरण गरिएको थियो ।

 

स्वास्थ्य कार्यालय गोरखा, जिल्ला अस्पताल गोरखा,आरुचनौटे प्रार्थमिक स्वास्थ्य केन्द्र लगाएत सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु फिनाम स्वास्थ्य चौकी, तारानगर स्वास्थ्य चौकी,रानीस्वारा स्वास्थ्य चौकी र कोखे आहाले स्वास्थ्य चौकीहरुमा उक्त सामाग्रहरु हस्तान्तरण गरिएको आईपास नेपालका प्रदेश संयोजक थमकुमारी कुँवरले बताईन ।
हस्तान्तरण समारोहमा बोल्दै गोरखा नगरपालिकाका मेयर राजन राज पन्त, स्वास्थ्य कार्यालयका प्रमुख नरजंग ठकुरी, तारानगर स्वास्थ्य चौकीका प्रमुख रामसरण दवाडीलेले आईपास नेपालले प्रजनन् स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *