पालुङटारको नीतिः पहिलो अक्षर क लेखौ आफ्नै पालिकाको पेन्सिलले

पालुङटारको नीतिः पहिलो अक्षर क लेखौ आफ्नै पालिकाको पेन्सिलले

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ का लागि ८४ करोड ५१ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । बिहिबार भएको नवौं नगर सभामा उप प्रमुख पम्फा बसेलले आगामी बर्षको लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

कोरोना भाइरस (कोभिड-१९) लकडाउनका कारण रोकिएका क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाइ नगरबासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको उपप्रमुख बसेलले बताउनुभयो । स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेकोले भौतिक पूर्वाधार तर्फ सोचे अनुसारका योजना तय गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभएको छ ।

नगरपालिकाले पहिलो अक्षर क लेखौ आफ्नै पालिकाको पेन्सिलले भन्ने नीति लिएको छ । यसअनुसार पालिका भित्र रहेका सामुदायिक स्कुलमा बाल कक्षा देखि कक्षा ५ सम्मका सम्पूणर् अध्ययनरत बालबालिकाहरुलाई पालिकाको लोगो सहित वर्ष भरिका लागि पेन्सिल र कपि दिईने उपप्रमुख बसेलले बताउनुभयो । यो कार्यक्रमले सामुदायिक बिद्यालयमा पठन-पाठन कार्यलाई उकास्ने विश्वास लिईएको छ ।

राहत, अस्थायी, बालकोटा शिक्षक, शिक्षिकाहरु र बिद्यालय कर्मचारीहरुका लागि कल्याणकारी कोषको स्थापना गरि राहत तथा अस्थायी शिक्षकहरुको पेशागत सुरक्षाको ब्यबस्था गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, आइडिया तपाइको लगानी हाम्रो श्रममैत्री प्रविधिको विकास गरि श्रमको सम्मान गर्ने बानि बसाली काम गर्ने शिप युक्त युवा निर्माण गर्ने यूवा लक्षित कार्यक्रम तयार गरिने भएको छ । राज्यप्रतिको उत्तरदायी, विकास र समृद्धको सम्बाहक युवा निर्माण गर्न दुइ रुपिया राष्ट्रका लागि मेरो लगानी सदाका लागि भन्ने नाराका साथ युवा परिचालन नीति र तर्जुमा कार्यान्वयन गरिने भएको छ ।

कोभिड-१९ को महामारीको बढ्दो जोखिमसंग बिद्यालय स्तरमा बैकल्पिक शिक्षा नीति संचालन गर्ने, कोभिड भ्याक्सिन ब्यबस्थापनमा पहल गर्दै संक्रमितलाई उपचार र पोषण किट उपलब्ध गराउने, जातीय छुवाछुत तथा सामाजिक भेदभाव मुक्त पालिका घोषणा गर्ने, बुहारी शिक्षा, सिप र स्व-रोजगार कार्यक्रम सञ्चालन गर्ने लगायतका विषय निति तथा कार्यक्रममा समेटिएका छन् ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *