सिरानचोक गाउँपालिकाको बजेट ५६ करोड ९७ लाख

सिरानचोक गाउँपालिकाको बजेट ५६ करोड ९७ लाख

असार १०, गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५६ करोड ९७ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ । आज भएको गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटाले आर्थिक बर्ष २०७८/८९ का लागि ५६ करोड ९७ लाख २३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो ।
चालु खर्च ८ करोड ८७ लाख ५ हजार र सार्वजनिक विकास निर्माण लगायत विभिन्न शिर्षकमा ४८ करोड १० लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको उहाँको भनाई छ ।
पालिकाले पशु सेवाका लागि ८१ लाख, कृषिमा ८१ लाख ७३ हजार, पर्यटन ३ करोड, शिक्षामा १ करोड ५० लाख, स्वास्थ्यमा १ करोड ४७ लाख ५३ हजार र महिला तथा बालबालिका लक्ष्यीत कार्यक्रमका लागि ७६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, भौतिक पुर्वाधारतर्फ ३ करोड २३ लाख, वन वातावरण तथा विपद् ब्यबस्थापनका लागि ४५ लाख, संस्थागत विकास र शुसासनका लागि ५५ लाख र चोरकाटेमा उद्योगग्राम निर्माणका लागि १ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष देवकोटाले बताउनुभयो ।

कोभिड संकट ब्यबस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास, सूचना प्रविधि तथा सञ्चार विकास, सुशासन प्रबद्र्धन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *