चुमनुब्री गाउँपालिका वडा नम्बर ३ को सल्लेरीका बाढी प्रभावितलाई बितरण गर्न हेलिकप्टरबाट राहत ढुवानी गरिएको छ ।
गोरखा सदरमुकामबाट हेलिकप्टरले ४८ बोरा चामल, ६० लिटर तेल, एक सय २० किलो दाल, सय किलो नुन ढुवानी गरेको हो ।
माउन्टेन चाईल्ड नामक संस्था, सिम्रिक एयरलाईन्सको सहयोगमा प्रशासन कार्यालय, गैरसरकारी संस्था महासंघ, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको समन्वयमा संकलन गरिएको राहत रामग्री ढुवानी गरिएको हो ।
बाढीबाट घर बगाएका पाँच घरधुरी र बिस्थापित भएका २१ धुरीलाई उक्त सामग्री बितरण गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
औषधी, हाईजिन किट, स्तरीय टेन्ट पनि ढुवानी गरिएको छ । त्यहाँको अवस्थाबारे बुझ्न प्रमुख जिल्ल अधिकारी शालिग्राम शर्मा पौडेल र प्रहरी प्रमुख शेखर खनाल पनि त्यसतर्फ गएका छन् ।
बाढी प्रभावितलाई जिल्ला विपद् ब्यवस्थापन समितिको समन्वयमा एक साता पछि राहत ढुवानी भएको हो । बाढीबाट बिस्थापित प्रभावितहरु कष्टकर रुपमा गुजारा गरिरहेका छन् । बाढीले लघुजलविद्यूतमा क्षती पुगेपछि चार दिन देखि आसपासका ७० भन्दाबढि घरधुरी विद्युत बिहिन भएका छन् ।साभारः दरौँदी दैनिक पत्रिका